Search
मङ्ल, बैशाख ९, २०८२

गण्डकी कोटिहोममा बाल विदुषीअनुराधा पाण्डेयद्वारा कथा वाचन

श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको कथा श्रवण गर्ने भक्तजनहरुको बाक्लो उपस्थिती पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहाम विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

 

महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको दोस्रो दिन मै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

 

 

बाल विदुषी अनुराधा पाण्डेयज्यूले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कथा प्रवचन लगायतका कार्यक्रमहरु बिरौटाको प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगीताको लागि तयार पारिएको पण्डालमा प्रस्तुत गरिएको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।