शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक मानार्थ शीत ईश्वर लव जोशीद्वारा कृति लोकार्पण गरिएको हो ।
सम्वोधनको क्रममा प्रमुख अतिथिले भन्नुभयो ,” जन्मभूमि पाल्पाबाट परिकल्पना गरिएको शीतको व्यापकता बढदो छ । शीतयात्रीलाई उत्प्रेरणाका लागि पुरस्कार कोषहरू समेत स्थापना भएका छन् । नयाँ कृतिकारद्वयलाई बधाई शुभकामना । शीत काव्यको भविष्य सुन्दर छ,किनकि अक्षयकोष स्थापना भएका छन् । कृतिहरू प्रकाशित भइराखेका छन् ।” शीत कृति ” प्रकृति ” प्रकाशित गरी साहित्यकार सत्यनारायण ढकाल नवौं शीत ईश्वर र शीत कृति ” ईश” प्रकाशित गरी साहित्यकार भोजभक्त कँडेल दशौं शीत ईश्वरको रूपमा प्रतिष्ठापित हुनु भएको छ ।
दुवै कृतिमाथि परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा समीक्षा गरिएको थियो । हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइसकेका छन् भने शीत कल्प कृति प्रकाशित गरि दशजना शीत ईश्वरको पदवीद्वारा विभुषित भइसक्नु भएको छ। सुख शान्ति मिडियाको संयोजनमा आयोजित कार्यक्रममा शीत वाचन र गायिकाहरू दीपा दियाली र रेणु दुलालद्वारा शीतगायन हुनुका साथै कृतिका लेखकहरू ,नोवेल साकोसका संस्थापक राजन न्यौपाने , घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली ,आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द , सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे,उतार प्रवर्तक टंक बहादुर बजगाइँ, आधुनिक साहित्य परिषदका अध्यक्ष मुरली प्रसाद ढकाललगायतद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।
अध्यक्ष कृष्ण के.सी.ले निकट भविष्यमै शीत ईश्वर हरू सहितको र्याली सहित शीतयात्रा आयोजना गर्ने उदघोष गर्नु भयो । कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्ण के.सी. को अध्यक्षता र महासचिव दामोदर ढकालको संचालनमा सम्पन्न भएको थियोे ।