Search
मङ्ल, बैशाख ९, २०८२

फाेनिज पाल्पाकाे पाँचाैं अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

शाखाको साेमबार भएकाे अधिवेशनले उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगललाइ चयन गरेकाे छ । सदस्यहरूमा होम राई मगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेम कान्छा राईलाई चयन गरिएको छ ।

अधिवेशनले केन्दीय प्रतिनिधिमा देव बहादुर पचभैया, निवर्तमान अध्यक्ष रन बहादुर कुमाल, राजेन्द्र लिगल, मिना कुमारी कुमाल र रुपा थापालाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा दान बहादुर हिस्की, दिल बहादुर गाहा, होम राई, प्रेम कान्छा राई र यम बहादुर थापा रहनु भएको निर्वाचन समितिका संयोजक रेखीराम रानाले जानकारी दिनुभयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रानाले आदिवासी जनजातिका मुद्दा संगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष रन बहादुर कुमाल अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै फोनिजलाई थप सक्रिय बनाएर अघि बढ्न शुभकामना दिनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।