Search
मङ्ल, बैशाख ९, २०८२

पाल्पामा पत्रकार हत्याकाे बिराेध

पाल्पा – नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ ।

शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा आयोजित विरोधसभामा अध्यक्ष कमलराज तिमिल्सेनाले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष रेखीराम राना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक, महासंघका संस्थापक सचिव भरत शर्मालगायतले जनतालाई सु–सूचित गराउने पत्रकारको ज्यानै जाने र सञ्चार संस्थाहरुमाथि आक्रमण गर्नु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य रहेको बताउनुभयो । कार्यक्रम अध्यक्ष तिमिल्सेनाको अध्यक्षता र सचिव रामचन्द्र रायमाझीको संचालनमा भएको हो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।