Search
मङ्ल, बैशाख ९, २०८२

पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष निर्माण सुरु

पाल्पा – पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष निर्माणका लागि भवन निर्माण सुरु भएको छ । लुम्विनी प्रदेश सरकार र पाल्पा अस्पताल विकास समितिको लगानीमा भवन निर्माण सुरु भएको हो । भवनको शिलान्यास गर्नुहुँदै लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पा अस्पतालमा आउने बिरामीले आधारभूत सेवा दिने गरी भवन निर्माणको लागि वजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँले आफू मन्त्री भएलगत्तै अस्पतालमा अनुगमनका क्रममा अप्रेसन र आकस्मिक कक्षको अभाव देखेपछि वजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । पाँच महिनाभित्र सक्ने गरी कुल ५६ लाख २५ हजार १७३ रुपियाँमा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । भवन बनेपछि गम्भीर बिरामीले अस्पतालभित्रै सेवा पाउने मन्त्री सारुले बताउनुभयो । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर बिरामी भएका बिरामीले अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ ।
एक सय वर्ष पुरानो भवनबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवन नहुँदा विशेषज्ञ सेवा बिस्तार गर्न पाएको छैन । अस्पतालले भने पुरानै भवनबाट भएपनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । भवन निर्माणका लागि मोहनकन्या माविको छात्राबास रहेको क्षेत्र अस्पतालले माग गर्दै आएपनि त्यसको निर्णयभने हालसम्म हुन सकेको छैन ।
११३ औँ वार्षिकोत्सव सम्पन्न
यसैबीच अस्पतालले बिहीबार एक कार्यक्रमका बीच ११३ औँ वार्षिकोत्सव मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गुँरास आत्रेयले पहिलो पटक अस्पतालले वार्षिकोत्सव मनाएको बताउनुभयो । अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म गुणस्तरीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । पाल्पा अस्पताल सबै नागरिकको अस्पताल भएकाले यसको विकास गर्न सबैको ध्यान पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  
वार्षिकाेत्सव समाराेहका प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालकाे चाैतर्फी विकासका लागि प्रदेश सरकारले पहल गरिरहेकाे जानकारी दिनुभयाे । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न पहल गरिरहेकाे र त्यस्ताे पहलले अहिले देखिने गरी उपलब्धी प्राप्त गरिररहेकाे उहाँकाे भनाइ छ । उहाँले लाेकतन्त्र स्थापनापछि विभिन्न सकारात्मक परिवर्तन गरेपनि त्याे अझैँ जनतामा महसुस हुने गरी पु-याउन सबैकाे पहल हुनुपर्नेमा उहाँकाे जाेड छ ।  वार्षिकोत्सवमा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अस्पतालमा विगतमा र हालको अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्नुहुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलगायतले शुभकामना दिनुभयो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता, समितिका सदस्य एवं तानसेन वडा नं. ११ का वडाअध्यक्ष यादवसिंह कार्कीको स्वागत र समितिका सदस्य शशी श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।