Search
मङ्ल, बैशाख ९, २०८२

माथागढी गाउँपालिकाकाे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

तानसेन – माथागढी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार झडेवामा सम्पन्न भएको छ । कार्यक्रममा माथागढी गाउँपालिकाले चालु आव २०८१÷०८२ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको बारेमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभएको थियो । उहाँले चालु आर्थिक वर्षको कुल योजनामध्ये ४७ प्रतिशत काम भएको र कुल खर्च ३५ प्रतिशत भएको बताउनुभयो । बाँकी योजना तथा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गाउँपालिकाले अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व लिने काम गरेको, शिक्षक तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्ने काम गरेको उल्लेख गर्नुभयो । यस्तै देवगीरदेखि झडेवा फाँटसम्मको सडक स्तरउन्नति गर्ने काम भइरहेको, पालिकाको प्रशासकीय भवन निर्माणको काम अगाडि बढाएको, उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेको लगायतका कार्यक्रमहरूको बारेमा जानकारी दिनुभएको थियो ।  
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जनताको सेवासुविधालाई केन्द्रमा राखेर पालिकाले विभिन्न योजना अगाडि बढाएको बताउनुभयो । माथागढी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमकितामा राखेर वजेट तथा कार्यक्रम बनाएको बताउनुभयो । यस्तै कृषि, पशुपालन, स्थानीय उत्पादनलाई महत्व दिएर पालिकाले लगानी गरेको जानकारी दिनुभयो ।
अध्यक्ष चिदीले सार्वजनिक सुनुवाईबाट प्राप्त सुझावलाई शिरोपर गर्दै पालिका अगाडि बढ्न तयार रहेको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईले जनता र पालिकाको बीचमा सम्बन्ध थप सुदृढ हुने र सेवा प्रभावकारी बन्ने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुलीले पालिकाको भवन निर्माणको प्रकृया अगाडि बढ्नु, सडक विस्तार तथा कालोपत्रे हुनु सकारात्मक रहेको बताउनुभयो । उहाँले पालिकाले विगतमा सार्वजनिक सुनुवाई कार्यक्रममा प्राप्त सुझावको कार्यान्वयनको अवस्थालाई समीक्षा गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
यस्तै नेकपा एमालेका जिल्ला सदस्य पूर्णबहादुर सारुले सार्वजनिक सुनुवाई पालिकामा जस्तै वडा–वडामा पनि हुनुपर्ने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि प्रकाश जिसीले किसानलाई प्राथमिकता दिएर वजेट विनियोजन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष गोविन्दप्रसाद भट्टराईले विभिन्न योजना सम्पन्न गर्दा दीगो विकासमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रम तुल्सीराम भुसाल, ताराबहादुर सारु, लक्ष्मी न्यौपाने, देउबहादुर कुँवरलगायतले उत्पादनका आधारमा दिने कृषि अनुदानलाई प्रभावकारी बनाउनपर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरणमा सहजीकरण गर्न पालिकालाई सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा प्रश्नमाथि प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, कृषि तथा पशुसेवा शाखाका प्रमुख गौतम थापालगायतले प्रष्ट पार्नुभएको थियो । कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता र पत्रकार नवराज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।