पाल्पा- थिङ्क बिफोर यु फलो, वीस मनी टुमरोु मुल नाराका साथ ग्लोबल मनि वीक २०२५ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
पाल्पा तानसेनस्थित तानसेन बहुमुखी क्याम्पस काजिपौवामा आइतवार भएको कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी भएको यस कार्यक्रम नबिल स्टक डिलरका प्रमुख सञ्चालन अधिकृत मदन तिमिल्सिनाले प्रशिक्षण दिनुभएको हो ।
नेपालमा वित्तीय पहुँच तथा सेवा सुविधा विस्तार भएतापनि वित्तीय साक्षरताको अवस्था कमजोर रहेको वर्तमान अवस्थामा वित्तीय बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकले पाउन सक्ने सेवा सुविधाहरु, पूँजीबजारमा सहभागी पक्षहरु, लगानी विविधिकरणका लागि उपलब्ध उपकरणहरुका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले वित्तीय साक्षरतासम्बन्धि यस कार्यक्रमले विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि हुनुका साथै बैंक खाता, डिम्याट खाता र टिएमएस खातामार्फत् प्राथमिक बजार र दोस्रो बजारमा लगानी गरी सानो लगानीमा पनि फाइदा लिन सकिने बताउनुभयो ।
२०७८ साल साउन ४ गते स्थापना भएको यस डिलरले काठमाण्डौको दरबारमार्गमा रहेको च्भ्कलमार्फत् सेक्युरिटी ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ, पोर्टफोलियो व्यवस्थापन तथा ब्क्ष् म्ग्ब्ी ऋब्ःभ्च्ब्सेवा, निक्षेप सदस्यलगायतका सेवा दिँदै आएको छ ।