Search
मङ्ल, बैशाख ९, २०८२

पाल्पा अस्पतालले १ सय १३ औं वार्षिक उत्सव मनाउने

पाल्पा – जिल्लाको सरकारी अस्पताल पाल्पा अस्पतालले सायद पहिलो पटक आफ्नो १ सय १३ औं वार्षिक उत्सव यहि चैत्र १४ गते मनाउने भएको छ ।

सेवाग्राही र स्वास्थकर्मी विच सम्बन्ध जोड्ने, सेवाग्राहीको गुनासो सम्बन्धित कर्मचारी सम्म पुर्याउने र अस्पतालको अवस्था समाजमा जानकारी गराउने उदेश्यका साथ वार्षिक उत्सव गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो । अस्पताल र समुदाय विच अन्र्तसम्बन्ध भएमा मात्रै अस्पतालको विकास र सेवा प्रवाहमा चुस्तता ल्याउन सकिन्छ ।

अस्पताल विभिन्न चरणमा विभिन्न नामले सञ्चालन भएकोले यसको इतिहास व्यवस्थित छैन पहिले पिचन्द्र अस्पताल पछि हेल्थ सेन्टर र अहिले पाल्पा अस्पतालको नाममा सञ्चालित यस अस्पतालको इतिहास पनि खोज्दै जाने अध्यक्षले बताउनुभयो। यो कार्यक्रमबाट अस्पतालको विगत, वर्तमान र भविष्यको वहस शुरुहुनेछ ।

 

अहिले भेटिएको पुराना कागजपत्र अनुसार अस्पताल ११२ वर्षपुरा भएको र पाल्पा अस्पतालको नाममा पहिलो पटक दरवन्दी चैत्र १४ गते प्राप्त भएकाले यहि मितिमा वार्षिक उत्सव गर्न लागिएको हो । पुरानो भवनले गर्दा सेवा प्रवाहमा समस्या रहेको यस अस्पतालमा प्रदेश सरकार र अस्पताल विकास समितिको बजेटमा निमार्णहुने भवनको सिलन्यास पनि सोही दिन गर्ने कार्यक्रम रहेको छ ।

 

अस्पतालमा अहिले ८२ जना कर्मचारी कार्यरत छन् भने १५ जना डाक्टर रहेका छन्। वार्षिक उत्सवमा अस्पतालको प्रविवेदन सहित स्टाफहरुको साँस्कृतिक प्रस्तुति र उत्कृष्ट कर्मचारी सम्मान लयगायतका कार्यक्रम समेत रहनेछ ।

 

आत्रेयको नेतृत्वमा सुधार हुँदै अस्पताल 

जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा युवा नेता गुराँस आत्रेय आएदेखि अस्पतालको स्वास्थ्य सेवामा सुधार भएको छ ।

 

आत्रेयले अस्पतालको भौतिक, प्रशासनीक, फार्मेसी, ल्याव लगायतका सेवामा सुधार गर्नुभएको छ । उहाँले सरकारी अस्पतालको सेवा प्रभावकारी भएमा जनताले अन्य अस्पताल धाउने वातावरण अन्त्य गर्न लागेको बताउँदै त्यसको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।