Search
मङ्ल, बैशाख ९, २०८२

SEE परीक्षामा सहभागी बिद्यार्थीहरुलाई सन्देश गीत

SEE परीक्षामा सहभागी देशभरिका सम्पुर्ण बिद्यार्थीहरुलाई सफलताको शुभकामना सहित सानो सन्देश गीत

 

प्यारा प्यारा भाइबहिनीले केही कुरा सुन्नु है, एकछिन फुर्सद निकालेर मनमा गुन्नु है।

 

चाँडै उठ्नु ब्यायम गर्नु शरीर स्वस्थ्य बनाउनु , स्वस्थ खानु थोरै खानु समयमै निदाउनु।

 

जति पढ्ने पढिसक्यौ मात्र अब दोहोर्याउनु , आत्तिएर दिमागलाई असर नपुर्याउनु ।

 

संयम हुनु ,शान्त हुनु परीक्षालाई नियाल्नु , चाहिने सबै कागजातको लिस्ट बनाउनु।

 

आफू जस्तो भएपनि अरुसँग नदाँँच्नु , जाँच दिन योग्य छु भनी मनलाई सम्झाउनु।

 

प्रवेशपत्र,चाहिने सामान आफ्नै साथमा राख्नु नि, आधा घण्टा अगाडि नै हलमा पुगिसक्नु नि।

 

सरसर्ती पढ्नु पहिले प्रश्नपत्रहरूलाई, उत्तरपुस्तिकामा भर्नु सबै भर्ने कुरालाई ।

 

सजिला प्रश्नबाट लेख्न सुरु गर्नु है , आत्मबल बढाउँदै प्रश्न पूरा गर्नु है।

 

परीक्षा हलभित्र अनुशासन नतोड्नु चाहिनेभन्दा बढी लेखी समय बर्बाद नगर्नु ।

 

लेखिसकेपछि पुन: उत्तरालाई पढ्नुहोस् कतै छुट्न सक्छ फेरि सच्याएर लेख्नुहोस्।

 

आफ्नो पेपर सकेपछि सरासर घर जानु बिग्रे पनि मिले पनि केही चिन्ता नलिनु।

 

तीन घन्टाले मात्र क्षमता जाँचिदैन हेर आफ्नो ज्ञान सीप कहिल्यै जाने छैन खेर ।

 

दस बर्षे अनुभवले बाँच्न सक्छौ अब तिमी आउनेदिन सहज बनोस् भन्दै भन्दै जाँच दिने ।

 

सबै कुरा छोडेर भोलिको तयारी गर्नु है, शुभकामना नानीबाबु परीक्षा राम्रो गर्नु है।

 

शोभा कडरिया कोइराला शिक्षक श्री बुद्धि विकास आधारभूत बिद्यालय माथागढी २ रुप्से गैराबारी पाल्पा

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।