Search
मङ्ल, बैशाख ९, २०८२

त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी पूरा, १ हजार ८ सय ९४ मतदाता

तानसेन – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावको अन्तिम तयारी सकिएको छ । त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम तयारी सकिएको क्याम्पसका प्रमुख डा. टंकप्रसाद पन्थले जानकारी दिनुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसबाट एक हजार ८९४ जना मतदाता विद्यार्थी रहेका छन् । यद्यपी धेरै निश्क्रिय मतदाता रहेको अनुमान गरिएको छ । क्याम्पसमा नियमित कक्षा लिने विद्यार्थी ५० प्रतिशतभन्दा कम रहेको क्याम्पस स्रोतले जनाएको छ ।
कुल १९ पदका लागि निर्वाचन हुँदैछ । १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ । यस्तै ९ पदमा भने समानुपातिक मतबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । त्यसमा संगठनबाट उम्मेदवार बनेकालाई मत दिनुपर्ने स्ववियु निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिनुभयो । यस्तै समानुपातिक उम्मेदवारका लागि संगठनलाई मत दिनुपर्ने प्रावधान रहेको छ । संगठनले पाएको मतको आधारमा स्ववियुमा प्रतिनिधित्व हुने थापाले बताउनुभयो ।

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न आवश्यक सबै तयारी पूरा गरिएको क्याम्पसमा उपप्राध्यापक सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानका लागि चार वटा मतदान केन्द्र तोकिएको छ ।
पश्चिम नेपालको प्रमुख क्याम्पसको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन जित्नैपर्ने दवावमा विद्यार्थी संगठन रहेका छन् । त्रिवक्या पाल्पाको स्ववियु जित्नैपर्ने दवावका कारण निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीको नेतादेखि जनप्रतिनिधिसम्म सक्रिय बनेका छन् ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।