पाल्पा – तानसेन-९, दमकडास्थित रिभर भ्याली बाेर्डिङ् स्कुलले “क्रियाकलापमा आधारित सिकाइ क्याम्प” संचालन गरेकाे छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले एकदिने क्याम्प संचालन गरिएकाे हाे ।
क्याम्पमा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलाप गरेका थिए । यस्तै विद्यार्थीले घरमा गर्न सक्ने कामकाे समेत अभ्यास गरेका थिए । उनीहरूले घरमा गर्न सक्ने घरायसी काम, आफ्ना व्यक्तिगत सरसफाईकाे बारेमा विद्यालयमै प्रत्यक्ष अभ्यास गरेर सिकाइ आदानप्रदान गरेका थिए । यस्ताे अभ्यासले विद्यार्थीहरू आफ्नाे कामका लागि आफैँ सक्षम हुने रिभर भ्याली बाेर्डिङ् स्कुलका प्रिन्सिपल मिनप्रसाद बन्जाडेले बताउनुभयाे । यसका साथै अभिभावले घरमा तयार गर्ने खानाका परिकार बनाएका थिए ।
विद्यार्थीले आफ्नाे घर समुदायमा उत्पादन हुने खाद्यवस्तुबाट बनेका परिकार बनाएर खान सिकाउने उद्धेश्यले क्पाम्प संचालन गरिएकाे उहाँले जानकारी दिनुभयाे । क्याम्पमा विभिन्न जातजातिका कला संस्कृति झल्कने नाच र गीत प्रस्तुती गरिएकाे थियाे । यस्ताे क्याम्प जिल्लामै पहिलाे पटक गरिएकाे विद्यालयले जनाएकाे छ । कार्यक्रममा पूर्वमन्त्री साेमप्रसाद पमण्डेय, पूर्वसांसद यादवबहादुर रायमाझी, तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशाेककुमार शाही, वुद्धिजीवि निर्मल श्रेष्ठ, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुस्करराज रेग्मी, न्यु हाेराइजन माविका प्रिन्सिपल डाँसुराम पन्त, माउन्ट भ्याली बाेर्डिङ् स्कुलका प्रिन्सिपल प्रेमराज खराल, शिक्षा क्षेत्रका अगुवा वुद्धिप्रसाद शर्मालगायतले आ-आफ्नाे धारणा राख्नुभयाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधरप्रसाद घिमिरेकाे अध्यक्षता, जीवन रायमाझीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।