पाल्पा, अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस मुल इकाई कमिटीले चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट मिलन घर्ती मगरलाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको छ ।
संगठनले शुक्रवार एक कार्यक्रमका बीच अखिल क्रान्तिकारीका नेता पदम सोमैले मिलन घर्ती मगरलाई सभापतिको उम्मेदवार घोषणा गर्नुभएको थियो । उक्त घोषणा कार्यक्रममा विभिन्न संकायका अखिल क्रान्तिकारि निकट विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण विद्यार्थीले मिलन घर्ती मगरलाई सभापतिमा जिताउने प्रण गर्नुभएको थियो ।
सभापतिका उम्मेद्वार घर्ती मगर ।
क्रान्तिकारीले शैक्षिक विकृति विसंगतीको अन्त्य, शैक्षिक, प्रशासनीक र भौतिक सुधारमा स्ववियूमा क्रान्तिकारीका उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गरेको छ । उसले शैक्षिक विकृति विसंगतीको विरुद्ध इतिहासदेखि नै शसक्त रुपमा लागेकोले समेत आफ्नो संगठनको जीत सुनिश्चित भएको सभापतिका उम्मेदवार मिलन घर्तीले रानीमहललाई बताउनुभयो । उहाँले सबै विद्यार्थीलाई मिलाएर एकतावद्ध स्ववियू समेत आफुले बनाउने बताउनुभयो ।