पाल्पा, अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पसका सबै संकायहरुमा समावेशी कमिटि गठन सम्पन्न भएको छ । क्रान्तिकारीको मूल इकाई समितिले बिज्ञान संकायमा प्रज्वल पौडेलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ जसमा उपाध्यक्षतर्फ भावना छहरी मगर,कृष्ण कंवर हुनुहुन्छ त्यसैगरी सचिवमा दिपा बारघरे, सहसचिवमा निशान रेश्मी र रक्षा श्रेष्ठ र कोषाध्यक्षमा कविता छहरी मगर रहनुभएको छ । यस्तै शिक्षा शास्त्र संकायमा मुनाल घर्ती मगरको अध्यक्षतामा ७९ सदस्यीय समिति गठन भएको छ ।
जसमा उपाध्यक्ष सुशीला बश्याल, बिष्णु आले,बबिता गाहा,तुल्सिराम खनगाहा र बुद्धि सारु सचिव आयुष्मा गाहा, सहसचिव करुणा परियार, सुमिना सारु, निरुता बारघरे, ईन्द्रादेवी बराल र लाजिना घर्ती र कोषाध्यक्ष अन्जना रास्कोटी रहनुभएको छ । ब्यवस्थापन संकायतर्फको बिबिएस पहिलो बर्ष सेक्सन एमा सुमिना कुँवरको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन भएको छ । अनिषा ढकालको अध्यक्षता बनेको सो समितिलाई क्याम्पसको इकाई कमिटीको चौथो बैठकबाट पुर्ण गठन गरिएको थियो ।
जसमा उपाध्यक्ष सुम्निमा राना मगर, सृष्टि भट्टराई र आशिका बिस्वकर्मा, सचिव कुशल रायमाझी रहनुभएको छ । यस्तै सहसचिव प्रवेश नेपाल, अंकित पौडेल र सम्झना गैरे कोषाध्यक्ष समिरा बिस्वकर्मा त्यसैगरी ब्यवस्थापन संकायकै वि सेक्सनमा सुरेन्द्र रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ ।
उपाध्यक्ष आशिका पौडेल,दिपेश ज्ञवाली,रन्जना गाहा र आशिका ज्ञवाली सचिव धनिसरा कंवर, सहसचिवस्सबिना सुनार,दिवस थापा,रिया नेपाली,प्रमोद राना मगर र कोषाध्यक्षस्चन्दा रेश्मी रहनुभएको कमिटि ९ गते गठन भएको हो । यस्तै मानविकी संकायतर्फ रितु काम्मुको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्षतर्फ निलिमा राना मगर, सुमित्रा ढेंगा मगर र सचिव एलिना लम्तरी, सहसचिवतर्फ अञ्जली राना मगर र खुशी खत्री र कोषाध्यक्षमा निरु गैरे रहनुभएको संगठनका नेता मिलनराज घर्ती मगरले रानीमहललाई बताउनुभयो ।
क्रान्तिकारीले आउँदो स्ववियू निर्वाचनको पूर्वसन्धामा संगठनको कामलाई तीव्रता दिएको बताउनुभयो । संगठनले नवनिर्वाचित पदाधिकारीसंग परिचयात्मक, प्रशिक्षण, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको घर्तीले बताउनुभयो ।