Search
आइत, चैत्र २, २०८१

रिव्दीकाेटकाे साहारा सहकारीबारे छानविन गर्न अख्तियारकाे पत्र

पाल्पा – जिल्लाको रिव्दीकोट गाउँपालिका–७, पालुङ्मैनादीस्थित साहारा सहकारीको बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रिव्दीकोट गाउँपालिकालाई पत्र पठाएको छ । लामो समयदेखि उक्त सहकारीको लेखा परीक्षण नभएको र अध्यक्षलगायतले सहकारीको रकम हिनामिना पारेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई छानविन गरी कारबाही गर्न पत्र पठाएको छ ।
गाउँपालिकाले भने उक्त पत्र प्राप्त हुनासाथ सहकारीमा बुझ्ने काम भइरहेको जनाएको छ । गाउँपालिकाका सहकारी हेर्ने कर्मचारी खिमबहादुर थापाक्षेत्रीले सहकारीको साधारणसभा, लेखापरीक्षण तथा संचालक समितिको पदाधिकारीबारे बुझ्ने काम भइरहेको बताउनुभयो ।
गाउँपालिकाका सूचना अधिकारी रुकलाल भट्टराईले सहकारीको विषयमा बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँले सहकारी कोपोमिसमा आवद्ध भएको नदेखिएकाले थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पठाएको पत्र सामाजिक संजालबाट बाहिर आएको छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।