तानसेन – पाल्पाको बगनासकाली–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको बुवा र दिदीको कुटाईबाट मृत्यु भएको छ ।
गएको फागुन १५ गते घरायासी विषयमा झगडा हुँदा कुटपिटबाट यज्ञ कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको मृत्यु भएपछि ६३ वर्षका मृतकका बावु शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
बावु र दिदीको कुटाइबाट यज्ञ बेहोस भएका थिए । बेहोस् भएपछि श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।