Search
आइत, चैत्र २, २०८१

रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

पाल्पा, पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबार बाट सुरु भएको हो । रामपुर नगरपालिका–६,विजयपुर स्थित दरैठाँटी माविको खेल मैदान सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ ।

 

प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिका उप–प्रमुख बालकुमारी थापाले प्र्रतियोगिताले विद्यार्थीको अन्तरनिहित खेल प्रतिभाको पहिचान संगै खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । रामपुर नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि भौतिक पूर्वाधार निर्माण, तालिम संगै उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विगतको स्वरुपलाई परिवर्तन गरी प्रतियोगिता बाट उत्कृष्ट प्रतिभालाई छनौट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने बताउनुभयो ।

 

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलको विकासको लागि खेलकुदका गतिविधि वार्षिक रुपमा मात्र नभै नियमित रुपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । खेलमा जित मात्र नभै सिक्ने अवसर पनि प्राप्त हुने बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सहसचिव दुर्गेश मल्लले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर बेला बेलामा हुने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

 

एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विद्याका छात्र र छात्राहरूको २७ इभेन्टमा प्रतियोगितामा प्रतिस्पर्धा हुने नगर शिक्षा अधिकृत विकल काफ्‌लेले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिनेछ ।

 

विगतमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिदै आएकोमा यस वर्ष प्रतियोगिताका विजेता विद्यार्थीलाई मात्र पुरस्कृत गरिने काफ्‌लेले बताउनुभयो । कार्यवाहक नगर प्रमुख एवं रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य दिपेन्द्र भट्टराईले गर्नु भएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।