Search
आइत, चैत्र २, २०८१

निस्दीको सबै वडामा राष्ट्रिय मगर एकता दिवस मनायो

होम राई मगर पाल्पा / निस्दी गाउँपालिका पाल्पाको सबै वडाहरुमा ४३औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमका साथ मनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दीमा आ-आफ्नो कार्ययोजना अनुसार दिवस मनाएको गाउँपालिकाले जनाएको छ । मगर एकता दिवस मनाउनका लागि प्रत्येक वडालाई बजेट विनियोजन गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

 

जम्मा ८७ प्रतिशत मगर समुदाय रहेको निस्दीमा मगर संस्कृतिहरुलाई संरक्षण गर्न गाउँपालिकाले योजना अनुसार कार्य सन्चालन गरिने उहाँको भनाइ रहेको थियो । यसैबीच निस्दीको अर्चलेमा पनि विविध कार्यक्रमको आयोजना गरि मगर एकता दिवस मनाएको छ ।

 

कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरु राना मगरले फागुन १५ गते मगर जतिहरुको सांगठनिक पर्व रुपमा मनाउदै आएको बताउनुभयो । कार्यक्रमका मुख्य पाहुना समेत रहनु भएका अध्यक्ष राना मगरले पछिल्लो समयमा भाषा र संस्कृति लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै आफ्नो पहिचानलाई संरक्षण गर्न समूहगत एकता हुनुपर्नेमा जोड दिनु भएको थियो ।

 

 

यसैगरी नेपाल लोकतान्त्रिक मगर संघ लुम्बिनी प्रदेश कमिटीका सदस्य यम बहादुर रानाले निस्दीमा मगर समुदायको बहुल्यता रहेको बताउनु हुँदै स्थानीय सरकारले मगरभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न टोलहरुबाट लोपोन्मुख सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा मगर संस्कृति सम्बन्धि सालैजो,झ्याउरे,कौरा र नाचरी नाचहरु प्रस्तुत गरिएको थियो । त्यसैगरी अर्चलेको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी र कलम वितरण गरिएको थियो । वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सदस्य मिम्श्री बयम्बुले स्वागत र होम राई मगरको सन्चालनमा भएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।