Search
आइत, चैत्र २, २०८१

माथागढीको सराइस्थित लखन थापा पार्कमा मगर एकता दिवस मनाइयाे

पाल्पा – माथागढी गाउँपालिकाको सराइस्थित लखन थापा पार्कमा ४३ औँ मगर एकता दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेपाल मगर संघ स्थापना भएको दिनको अवसरमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाइएको हो । दिवसका अवसरमा मगर समुदाय सम्बद्ध संघसंस्थाले आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषासहित प्रदर्शन र -याली गरेका थिए ।
उनीहरूले मगर समुदायले परम्परादेखि नाच्दै आएको झाम्रे, कौरा, सालैजो, ठूलो नाच, सोरठी लगायतका नाच तथा गीत प्रस्तुत गरेका थिए । सभाअघि सराई र खहरे बजारमा सहभागीले -याली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले मगर समुदायले आफ्नो पहिचान स्थापित गर्न हिच्किचाउन नहुने धारणा राख्नुभयो ।
अध्यक्ष चिदीले भाषा बोल्दा लाज मान्ने, संस्कृतिको संरक्षण गर्न अघि नसर्ने मानिस पछौटे हो भन्नुभयो । आफ्नो भाषा र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्दा समाज र देशलाई नै फाइदा हुने उहाँको भनाई छ । पछिल्लो समय गाउँपालिकाले समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका समुदायको विकासका लागि पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाई अग्रणी मानेर पालिकाको विकासमा आफूहरू ध्यान दिएको अध्यक्ष चिदीको भनाई छ ।
कार्यक्रममा नेपाल मगर संघका लुम्विनी प्रदेश सचिव तेजबहादुर घर्तीमगरले जवसम्म राज्यका हरेक निकायमा मगर समुदायको सहभागिता जनसंख्याको आधारमा प्रतिनिधित्व हुँदैन तबसम्म मगर समुदायको उत्थान नहुने विचार राख्नुभयो । उहाँले राज्यले हाल प्रदान गर्दै आएको अधिकार प्रयोग गर्न पनि मगर समुदायले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँले बालविवाह न्युनीकरण गर्ने, मगर समुदायमा रहेका केही कमीकमजोरी हटाउँदै आफ्नो भाषा, कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ पाल्पाका उपाध्यक्ष शेरबहादुर सोमै, माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी, नेपाल मगर महिला संघ पाल्पाकी अध्यक्ष राधा थापामगर, दिव्य ज्योति नमुना माविका पूर्व प्रधानाध्यापक नारायाणप्रसाद अधिकारी, खहरे बजार व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर सारुलगायतले शुभकामना दिनुभयो ।
कार्यक्रम संघका अध्यक्ष भेकराज थापाको अध्यक्षता, उपाध्यक्ष विष्णुबहादुर थापाको स्वागत र सचिव खोमबहादुर गाहाको संचालनमा सम्पन्न भएको थियो । मगर एकता दिवसमा मगर समुदायका खानाका परिकारको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
एकता दिवसमा सहभागीहरूले फूलबारी आमा समूह र धारादी कोसेली आमा समूहले तयार गरेको कुँडुले घरमा राखिएका ऐतिहासिक घरेलु सामग्रीको अवलोकन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यस्तै माथागढीले जन्माएका कलाकारहरूको समेत सो अवसरमा प्रस्तुती रहेको सांस्कृतिक संयोजक राजन बलालले जानकारी दिनुभयो । यसैबीच पाल्पाकाे बगनासकाली, रम्भा, पूर्वखाेला, रामपुर, तिनाउ, तानसेन, रैनादेवी छहरा, रिव्दीकाेट, निस्दीमा पनि मगर दिवस मनाइएकाे छ । पाल्पाका दश वटै स्थानीय तहले सार्वजनिक विदा दिएका थिए ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।