Search
आइत, चैत्र २, २०८१

मगर सङ्घ माथागढीकाे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

पाल्पा – नेपाल मगर सङ्घ माथागढी गाउँ समितिकाे आयाेजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार माथागढी-३, सराइस्थित लखन पार्कमा भएकाे अन्तरक्रिया कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सहअध्यक्ष दलबहादुर बीरक्ट्टामगरले मगर सङ्घ स्थापनाकाे ओैचित्यमाथि प्रकाश पार्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका वीरकट्टामगरले मगर समुदायकाे सामाजिक, आर्थिक र राजनैतिक अधिकार स्थापित गर्नका लागि ४३ वर्षअघि मगर सङ्घ स्थापना भएकाे उल्लेख गर्नुभयाे । उहाँले मगर समुदायकाे शैक्षिक, भाषा, कला, संस्कृति, भेषभूषा र रहनसहनका मुद्दाबाट सामाजिक अधिकार स्थापित गर्न सङ्घले सङ्घर्षका कार्यक्रम गरिरहेकाे बताउनुभयाे । सहअध्यक्ष बीरकट्टामगरले मगर समुदायमा प्रचलित खानपान तथा उत्पादित बस्तुकाे बिक्री गरेर मगर समुदायलाई आर्थिक रूपमा शसक्त बनाउन लागि सबैले उचित पहल लिन आवश्यक रहेकाेमा जाेड दिनुभयाे । विगतकाे राज्यसत्ताले मगर समुदायमाथि थाेपरेकाे विभेदकारी नीतिका कारण मगर समुदाय पछि परेकाे उल्लेख उहाँले गर्नुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले मगर समुदायकाे शसक्तिकरणका लागि पालिकाले काम गरिरहेकाे बताउनुभयाे । उहाँले शिक्षा र प्रविधिकाे भरपूर उपयाेग गरेर मगर समुदायकाे आर्थिक र सामाजिक अधिकारका लागि पालिकाले काम गरिरहेकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपाल मगर सङ्घका लुम्विनी प्रदेश समितिका सचिव तथा माथागढी वडा नं ३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले आगामी फागुन १५ गते मगर एकता दिवसलाई सफल बनाउन सबैकाे सहयाेग आवश्यक रहेकाेमा जाेड दिनुभयाे । उहाँले मगर समुदायकाे संस्कार सुधार गर्ने तथा संस्कृति जगेर्ना गर्ने गरी मगर एकता दिवस मनाउन आग्रह गर्नुभयाे ।

कार्यक्रममा मगर सङ्घ माथागढी समितिका अध्यक्ष भेकराज थापाले माथागढीकाे सराइस्थित लखन पार्कमा फागुन १५ गते मगर राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउन लागिएकाे जानकारी दिनुभयाे । उहाँले १५ गते बृहत् सांस्कृतिक प्रदर्शनी, सभा, सांस्कृतिक प्रस्तुती तथा झाँकी प्रदर्शन हुने बताउनुभयाे । अन्तरक्रिया कार्यक्रम अध्यक्ष थापाकाे अध्यक्षता र सचिव खाेमबहादुर गाहाकाे संचालनमा भएकाे थियाे ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।