Search
आइत, चैत्र २, २०८१

निस्दीको अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम

होम राई मगर /  पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका थिए । यसैबीच  मोटरबाटो स्तरोन्नति , स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सेवाग्राहीलाई दिनुपर्ने सेवा सुबिधा बारे जिज्ञासा राख्नुभएको थियो ।

 

 

कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल,अर्चले स्वास्थ्य चौकी इन्चार्ज विद्यानन्द राय,सिन्दुर आधारभूत विद्यालयकी शिक्षिका लिमी सरा राना, अकला आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम खन्गाहा,कमला देवी प्राथमिक विद्यालयका प्रधानाध्यापक लिलाराम राई लगायतकाले आ-आफ्नो संस्थाको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

 

कार्यक्रमको वडा अध्यक्ष वडा अध्यक्ष मेख बहादुर सुनारीले जिज्ञासा तथा सुझाव दिनु हुने सबैलाई धन्यवाद दिनुहुँदै वडाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभयो । गाउँपालिका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष सुनारीले  आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनुभयो ।

 

सहभागीले उठाएका जिज्ञासाको जवाफ सम्बन्धित संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत वडा अध्यक्ष मेख बहादुर सुनारीले दिनुभएको थियो । वडा सदस्य कृष्ण बहादुर सोमैले कार्यक्रमको उद्देश्य बारे बताउनु भएको कार्यक्रमको सहजीकरण होम राई मगरले गर्नुभएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।