Search
आइत, चैत्र २, २०८१

न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा ,न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।  रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं.३ रजघरामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।  उहाँले शान्त र सभ्य समाज निर्माणका लागि अपराधिक घटना न्यूनीकरण गर्नु पर्ने बताउनुभयो ।

 

उपप्रमुख थापाले न्यायीक र शान्त समाज निर्माणका लागि विवादकाे समाधान संगै अपराध  अन्त्य हुनु पर्ने भन्दै विवाद,अपराधलाई कानुनी उपचारको माध्यमबाट समाधान गर्नु पर्ने बताउनु भएको छ । यसैगरी रामपुर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष दामोदर पाठकले जानेर वा नजानेर गरिने अपराधले समाजलाई हानी पुर्‍याउने भन्दै जुनसुकै भए पनि अपराध क्षेम्य नहुने बताउनुभयो । साथै अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक राम बहादुर नेपालीले जुनसुकै अपराधलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । यस्तै न्यायीक समिति सदस्य खेमराज अधिकारीले सभ्य र शान्त समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा नेकपा एमाले रामपुर ३ का अध्यक्ष इश्वरी खनालले विभिन्न अपराधजन्य घटनाकाे न्यूनीकरणका लागि सबै संयमित हुन आवश्यक रहेकाे बताउनुभयो ।रामपुर ३ रजघराकाे सभाहलमा भएको कार्यक्रममा विभिन्न अपराध,लागु औषध,सडक सुरक्षा,साईबर क्राईम,यसको कानुनी उपचार, न्यायीक समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो ।

 

कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख राम बहादुर नेपाली,रामपुर नगरपालिकाका न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयाेजक बाल कुमारी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम न्यायीक समिति सदस्य खेमराज अधिकारीकाे स्वागत र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारकाे सञ्चालनमा सम्पन्न  भएको हाे ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।