Search
आइत, चैत्र २, २०८१

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै वित्तिय प्रगति गर्ने स्वास्थ्य मन्त्रालय

दाङ – लुम्बिनी प्रदेश सरकारको मन्त्रालय र केन्द्रीय निकायमध्ये सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको छ । २०८१ फागुन ३ सम्मको मन्त्रालयगत खर्चको विवरण अनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेको हो ।

 

मन्त्रालय र केन्द्रीय निकाय गरि १६ वटा कार्यालयमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव डिलाराम पन्थीले आर्थिक वर्ष २०८१÷८२ को बजेटको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय १६ वटा कार्यालय मध्ये प्रथम भएको हो ।

 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालयले योजनामा विनियोजन गरेका बजेटको कार्यान्वयनका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । मन्त्री सारुले निर्धारित योजना कार्यान्वयन गरि नागरिकले महशुस गर्ने गरि नतिजामुखी कामलाई मन्त्रालयले प्राथमिकता दिएके बताउनुभयो ।

 

स्वास्थ्य मन्त्रालयले ५१.११ प्रतिशत बजेट खर्च गरेको छ । जसमा ३६.०९ प्रतिशत चालु र ६९.६७ प्रतिशत पुँजिगत खर्च रहेको छ । त्यस्तै प्रदेश लोक सेवा आयोगले ४७.१३, प्रदेश सभाले ४०.८७, स्थानीय तह निकासामा ३४.३८, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३२.९३, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २४.१०, सशरी विकास तथा खानेपानी मन्त्रालयले २४.०० र वन तथा वातावरण मन्त्रालयले २२.८४ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै प्रदेश योजना आयोगले २०.६१, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले १९.९६, भौतिक पुर्वाधार विकास मन्त्रालयले १९.५८, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १४.६४, सामाजिक विकास मन्त्रालयले १४.३६, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले १२.५१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६.१३ र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १.०४ प्रतिशत खर्च गरेको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।