Search
आइत, चैत्र २, २०८१

रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा

पाल्पा, रामपुर नगरपालिकाले विद्यालयका शिक्षाकहरुलाई योग शिक्षा प्रदान गरेको छ । नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।

   योग प्रशिक्षण कार्यक्रमको सोमबार समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ जीवन र स्वच्छ समाज निर्माणका लागि योग साधनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले स्वस्थ जीवन र स्वच्छ मस्तिष्कले मात्र स्वस्थ समाज निर्माण हुने उल्लेख गर्नुभयो ।उहाँले विद्यार्थीहरुलाई योग साधना सम्बन्धी ज्ञान विद्यालय शिक्षणको क्रममा प्रदान गर्नका लागि शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम गरेको बताउनुभयो ।  भौतिक पूर्वाधार मात्र विकास नभएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षणको क्रममा योग साधना सिकाई स्वस्थ मस्तिष्कको विकासका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो । साथै नगर प्रमुख थापाले अब विद्यालयमा योग सम्बन्धी कक्षा शिक्षण गर्न आग्रह समेत गर्नुभयो ।

 यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत सुर्य दर्शन पण्डितले योग मानव जीवनको लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले योगले मानिसलाई स्वस्थ बनाउने भन्दै यसको निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयका शिक्षक विद्यार्थी र समाजलाई योगको माध्यमबाट स्वस्थ संगै सकारात्मक सोँचको विकास गर्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले योग प्रशिक्षण पश्चात अब विद्यालयमा योग कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा योग प्रशिक्षक सुदिप गैरेले सकारात्मक सोँचको विकास संगै सभ्य,सुसंस्कृत र अनुशासित समाज निर्माणका लागि योगको महत्वपूर्ण भूमिका हुने भन्दै सिकेका सिपको माध्यमबाट विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

 कार्यक्रममा जनविकास माध्यमिक विद्यालयका सहभागि शिक्षक कृष्णकला भण्डारीले आध्यात्मको माध्यमबाट नैतिकवान नागरिक निर्माणका लागि योग प्रशिक्षण कार्यक्रमले टेवा पुर्‍याउने भन्दै यो कार्यक्रम आयोजना गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद दिनुभयो । यस्तै ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्ले योग प्रशिक्षकको सिप सिक्न पाउँदा खुशी लागेको भन्दै समुदायलाई स्वच्छ बनाउन प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर नगरपालिका भित्रका ५२ विद्यालयका ५२ शिक्षकहरुको सहभागिता रहेको योग प्रशिक्षण कार्यक्रमको सहजिकरण योग गुरु सुदिप गैरेले गर्नु भएको थियो ।रामपुर नगरपालिका वडा नं.७ किसानबारीको योगहलमा भएको योग प्रशिक्षण समापन कार्यक्रममा सहभागि शिक्षकहरुलाई प्रमाण पत्र सहित योग सम्बन्धी पुस्तक प्रदान गरिएको छ ।

 रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।