Search
शुक्र, चैत्र ७, २०८१

पाल्पामा इभी गाडी र मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते

पाल्पा –  पाल्पा जिल्लाको तानसेन ११ जोगीपानीस्थित  इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाल्पा– गुल्मी सडक खण्डमा  हार्थोकदेखी तानसेनतर्फ आउँदै गरेको लु. प्रदेश ०१००१ ज ००७१ नम्बरको इभी गाडी र विपरित दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

 

घाइते हुनेमा मोटरसाईकल चालक गुल्मी छत्रकोट गाउँपालिका –१ हुँगाका ३८ वर्षीय प्रकाश पाण्डे  र मोटरसाईकल पछाडी सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षीय कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

घाइते मध्ये चालकको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ ।  घाइते दुवै जनालाई मिसन अस्पताल पाल्पा पुर्‍याई उपचार भईरहेकोमा थप उपचारको लागि हेलिकप्टरद्वारा ट्रमा सेन्टर अस्पताल काठमाडौं रिफर गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

 

पछिल्लाे समयमा इभि गाडीहरु धेरैमात्रामा चल्न थालेका छन् ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।