पाल्पा – ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय तानसेन पाल्पाको आयोजनामा स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोय नाराययण सुवेदी ज्यु ले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले दिदै आईरहेको ज्ञानबर्दक शिक्षा, तनावमुक्त जीवनका लागी सकारात्मक चिन्तन र राजयोग साधना सबैका लागी आवस्यकता छ ।
हामीले सक्दा सकभर राजयोग केन्द्रमा, नसक्दा दैनिक रुपममा घरमै रहेर पनि योगा साधना गर्दा शारीरिक तथा मानसिक रुपले स्वस्थ र शुखी जीवन यापन गर्न सकिन्छ भन्दै संस्थाले गरेको सेवा प्रति आगामी दिनमा सहयोग र साथ दिने प्रतिबद्यता ब्यक्तगर्दै आभार प्रकट गर्नु भयो ।
कार्यकममा विशिष्ट अतिथि त्रय त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख ,टंक पन्त, जिल्ला प्रहरी कार्यालय पाल्काका प्रमुख नरेन्द्र चंद, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सीनाले संस्थाले दिने आध्यात्मिक तथा नैतिकमूल्य यूक्त शिक्षाले मानवका आवेग,हिंशा ,लोभ र आशक्तिले उत्पन्न नकारात्मक प्रवृति र कुलत बाट बचाउंदै असल नागरीक हुन सहयोग गर्दछ , यसको लागी नैतिक मूल्य युक्त प्रशिक्षण, शिबिर र प्रबचन कार्यक्रमा सदैब सहभागी हुने आरुहरुलाई पनि अआफ्नो क्षेत्रमा आयेजना गरी प्रशिक्षण दिने र संस्थाको अन्तर्राष्ट्रिय दर्शनिय स्थल माउन्ट आबुं राजस्थानमा हुने योगशिबिरमा एक पटक जानै पर्दछ , नपुगेकाहरु समय निकालेर भ्रमणमा जानेछौं भन्दै संस्थाकाआधिकारीक प्रमुख तथा संयोजक समक्ष ब्यक्त गर्नु भयो ।
कार्यक्रमा हामी हरेक मानवले, आफुलाई अबिनाशी ज्योतिर्बिन्दु आत्मा निधारको भाग भृकुटीमा सम्झी, आत्माका पिता परमात्मा ज्योतिर्बिन्दु शिवलाई ध्यान गर्दै कर्म गर्दा अनेकौ चुनौति र समस्याले ग्रस्त जीवनशैलीलाई सामनागर्दै सहजरुपले मनोबलका साथ जीवनमा बिभिन्न अवसर र सफलताहरु प्राप्त हुन्छन् ।
बास्तबमा यो नै राजयोगको उपलब्धी हो , भन्दै सस्थाका क्षेत्रिय सचिव ब्रहमाकुमार भानु प्रकाश पौडेलले कार्यक्रमको संचालन गर्ने क्रममा प्रकाश पार्नु भयो भने पुर्णरुपमा तनाव मुक्त हुन सबैलाई साप्ताहिक राजयोग प्रशिक्षण लिन आग्रहसहित ईश्वरीय आशिरबचन तथा सधन्यबाद ब्रह्माकुमारी ईश्वरयि विश्व बिद्यालय पाल्पा क्षेत्रकी निर्देशक ब्रह्माकुमारी दिदी प्रेमा शाहले दिनु भयो । े