तानसेन – प्रेस चौतारी नेपाल पाल्पाको नवौँ अधिवेशनले कृष्ण कार्कीलाई पुन अध्यक्षतामा चयन गरेको छ । यस्तै उपाध्यक्षमा शोभाकान्त पाठक र रीमा सोमै, सचिवमा दयाराज न्यौपाने, सहसचिवमा भुवन रायमाझी र कोषाध्यक्षमा नेत्र गैरे चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा खुमबहादुर पौडेल, प्रेम बाकाबल, खेमराज पाण्डे, जनकराज भट्टराई, गुणवती केशी, सुमित्रा कँडेल र हरिबहादुर विक चयन हुनुभएको छ ।
बन्दना पोखरेल, टीकाराम बस्याल र सन्तोष बस्याललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ भने नवराज ज्ञवाली, सन्तोष ज्ञवाली र गीता ज्ञवालीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको प्रेम चौतारी नेपालका केन्द्रीय सदस्य नरभूपाल विश्वकर्माले जानकारी दिनुभयो ।
उद्घाटन गर्नुहुँदै केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विद्ययेक आउदैमा पत्रकारहरू त्रसित हुन नपर्ने बताउनुभयो । सामाजिक सञ्जाल व्यवस्थित र मर्यादित बनाउन सरकारले विद्ययेकले ल्याएको बताउँदै उहाँले पत्रकारको हित विपरीत विद्ययेक आए चौतारी नै आन्दोलनमा उत्रने बताउनुभयो । उहाँले पत्रकार महासङ्घलाई हतारमा प्रतिक्रिया नजनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ठाकुर गैरे, नेकपा एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधि सभाका सदस्य नारायण आचार्य, जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, बरिष्ठ पत्रकार मेघराज शर्माले शुभकामना दिनुभयो ।
