Search
शुक्र, चैत्र ७, २०८१

पाल्पाली कवि ढकालद्वारा लिखित ‘मानव’ कविता कृति विमोचन

पाल्पा – सहिद दिवसको सन्दर्भ पारेर पाल्पाली कवि तेजनारायण ढकालद्वारा लिखित ‘मानव’ कविता सङ्ग्रह बुधबार विमोचन भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख एवम् साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख एवम् साहित्यका पुष्कर अथक रेग्मी र सर्जक तेजनारायण ढकालले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो ।

 

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार पुष्कर अथक रेग्मीले ३३ वटा अनुष्टुप शैलीमा समाविष्ट कविताहरू सरल र विचार प्रधान भएको बताउनुभयो । कवितामा सर्जकले कवितामार्फत वर्तमान समयमा मानव क्रियाकलाप, नाता सम्बन्ध, वर्गीय चेतना, जीवन दर्शन लगायतका कुरा मुखरित गर्नुभएको छ । सर्जक- प्रकाशक तेज नारायण ढकालको आयोजनामा भएको कृतिमा प्रमुख अतिथि डा. टंक पन्थले नयाँ प्रतिभाबाट छन्दमा कृति प्रकाशन हुनु नेपाली साहित्यको लागि साझा सम्पत्ती हुने विचार राख्नुभयो ।

 

 

सहिद दिवसकै सन्दर्भमा समाविष्ट कविता वाचन गर्दै उहाँले राष्ट्रको योगदानको लागि स्रष्टाले सिर्जनामार्फत आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, वरिष्ठ पत्रकार मेघराज शर्मा, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याललगायतले कविताहरूमा समसामयिकताको यथार्थभाव, मानवीय स्वभाव, सद्भाव स्वतन्त्रता लगायतका विषयवस्तु सशक्तरूपमा अटाएको भन्दै स्रष्टा ढकाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

 

स्रष्टा तेजनारायण ढकालको अध्यक्षतामा भएकोमा कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष एवम् साहित्यकार भोजराज भट्टराईले गर्नुभएको थियो । कवितामार्फत कविले समकालिन नेपाली समाजको अवस्थालाई छाम्ने प्रयास गर्नुभएको छ । मानव कवितासंग्रहमा ३३ वटा कविताहरू समाविष्ट गरिएको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।