Search
आइत, चैत्र २, २०८१

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपबारे माथागढीमा अभिमुखीकरण

पाल्पा – पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोप अभियानबारे माथागढीकाे विभिन्न स्थानमा अभिमुखीकरण कार्यक्रम भएकाे छ । पाठेघरको मुखको क्यान्सर रोक्न १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरु र ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरू लक्षित गरेर एचपिभी खोप अभियान गर्न माथागढीकाे ८ वटै वडामा सराेकारवालाहरूलाई अभिमुखीकरण गरिएकाे हाे ।

माथागढीकाे वडा नं. १ चिदीपानी, वडा नं. २ रूप्से, वडा नं. ३ कसेनी, वडा नं. ४ झडेवा, वडा नं. ५ हात्तीलुङ्, वडा नं. ६ गाेठादी, वडा नं. ७ रहबास र वडा नं. ८ बहादुरपुरमा अभिमुखीकरण भइरहेकाे छ ।

यसैबिच चिदीपानी स्वास्थ्य चौकीद्वारा आयोजित वडा स्तरीय खोप समन्वय समिति तथा स्वयमसेबिकाहरुलाई चिदीपानी स्वास्थ्य चौकीका प्रमुख धुर्बबहादुर सुनारले सहजीकरण गर्नुभयाे । माथागढीका सबै वडामा माघ २२ गतेदेखि २८ गतेसम्म एचपिभी खाेप अभियान हुने माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले जानकारी दिनुभयाे । एचपिभी खाेप लगाउने उमेर समूहका छात्राहरू ताेकिएकाे विद्यालय र स्वास्थ्य संस्थामा खाेप लगाउन छुट्न नहुने उहाँले बताउनुभयाे ।

माथागढी-१ चिदीपानीका चार बिध्यालय जाउपोखरा आबिमा २२ गते, आदर्श आबि २३ गते, ज्ञानोदय आविमा २४ गते , सौभाग्य माविमा २५ गते गरी जम्मा १२५ छात्राहरुलाई एचपिभी खाेप लगाउने कार्यक्रम रहेको वडा अध्यक्ष तथा वडा स्तरीय खोप समन्वय समितिका संयाेजक राजकुमार पन्थीले जानकारी दिनुभयाे । उहाँले बिध्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्षमुनिका किशोरी भए उनीहरुको पहिचान गरि खोप लाउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रमा वडा समन्वय समितिका सम्पुर्ण पदाधिकारी कार्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्यहरु डुकुल गाहा, टोल ब मश्राङ्गी, लिला कुमारी बिक वडा सचिव राजु ज्ञवाली, सुनिल लामा, विभिन्न विद्यालयका प्रअहरु, महिला स्वास्थ्य स्वयमसेबिका, कर्मचारीहरु उपस्थिति रहेकाे थियाे ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।