Search
आइत, चैत्र २, २०८१

पाल्पामा बढ्दैं साइबर र बैँकिङ् अपराध

पाल्पा – पाल्पामा साइबर अपराध र बैँकिङ् अपराधमा वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट ठगी गर्ने क्रम बढेको छ । यस्तै बैँकिङ् सम्बन्धी मुद्दा दर्ता हुने क्रम बढेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८० फागुन ७ गतेदेखि २०८१ पुस मसान्तसम्म ११ महिनाको अवधिमा साइबर अपराध सम्बन्धी ५३ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये अनलाइन फ्रड (ठगी) गरेका ३७ वटा उजुरी प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । यस्तै १६ वटा फेसबुक ह्याक गरी विभिन्न अश्लिल गतिविधि गरेको भन्दै उजुरी प्रहरीमा आएको उहाँले जानकारी दिनुभयो । यस्तै मोबाइल हराएर फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल ह्याक भएका उजुरी प्रहरीमा आएका छन् ।
साइबार अपराध सम्बन्धी ५३ वटा मुद्दा दर्ता भएकामध्ये हालसम्म १७ वटाको मुद्दा फस्र्यौट भएको छ । सामाजिक सञ्जाल तथा अनलाइन ठगीको उजुरी टुङ्ग्याउन प्रहरीको केन्द्रीय तह र बैँकसँग समेत समन्वय गर्नुपर्ने भएकाले मुद्दा फस्र्यौटमा ढिलाइ भएको प्रहरी उपरीक्षक चन्दको भनाई छ ।
अनलाइन ठगीमा झुठो सूचना दिएर फसाउने, बैँक अपराध, चिठ्ठा, अनलाइन खरिदबिक्रीका मुद्दा प्रहरीमा परेको छ । यस्तै विद्युतीय कारोबार अन्तर्गत दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीमा ठगिएको उजुरी दिने व्यक्तिले नेपालमा चलेका आइएमइ–पे, इ–सेवा, खल्तीजस्ता एप चलाएको पाइएको छ ।
यस्तै पछिल्लो समय बैँकिङ् कसुरका उजुरी पनि प्रहरीमा आउने क्रम बढेको छ । प्रहरीले ११ महिनाको अवधिमा बैँकिङ् कसुर अन्तर्गत चेक बाउन्स, लेनदेन सम्बन्धी २४ वटा मुद्दा दर्ता गरेको छ । घरायासी लेनदेन, संस्थागत लेनदेन तथा व्यवसाय लेनदेनका चेक बाउन्स भएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।

२४ वटा मुद्दामध्ये १९ वटा मुद्दा फस्र्यौट भएको छ । यो मुद्दा अन्तर्गत १३ जनालाई पक्राउ गरिएको बेल्बासेले बताउनुभयो । विगतमा बैँकिङ् कसुर सम्बन्धी मुद्दा कम आउने गरेकोमा पछिल्लो समय दिनहुँजसो यस्ता मुद्दा प्रहरीसम्म आउने गरेको छ । यस्ता घटनामा नजिकका साथी, आफन्तसमेत जोडिएका प्रहरीले जनाएको छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।