Search
आइत, चैत्र २, २०८१

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति अभाव : मन्त्री सारू

पाल्पा – लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य संस्थामा अहिले पनि दक्ष जनशक्तिको अभाव रहेको बताउनुभएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालको एसविए र एमएलपी तालिमको ५९ औँ र ४० औँ व्याच तालिम समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले दक्ष जनशक्ति स्वदेशमा बस्न नसक्दा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव रहेको दावी गर्नुभयो ।

नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन भएपनि देशमा बस्ने अवस्था बन्न नसक्दा स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनमा सबैसँग सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । दक्ष जनशक्तिकै अभावले सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसक्दा उपचारमा विस्वस्नीयता बढ्न नसकेको उहाँको भनाइ छ ।

मन्त्री सारुले लुम्विनी प्रदेशभिका १४ वटै सरकारी अस्पतालहरूको सेवा प्रभावकारी र पारदर्शी बनाउन मन्त्रालयले पहल गरिरहेको उ्रल्लेख गर्नुभयो । सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरी अस्पतालहरूमा सेवा र शुल्क सहितको नागरिक वडापत्र राख्ने काम भएको र त्यसबाट सेवाग्राहीले सहज सेवा पाउन सकेको दावी गर्नुभयो ।
कार्यक्रममा युनाईटेड मिसन अस्पतालका तालिम संयोजक लेस डोर्ननले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बिरामीहरूमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालिम लिन पाउनु निकै राम्रो भएको बताउनुभयो ।

तालिम संयोजक पशुपति न्यौपानेले तालिम भन्दा पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालिम पछी ९७ प्रतिशत प्रगति भएको बताउनुभयो । स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशिलताको आधारमा नतिजा प्राप्त हुने बताउनुभयो । मिसन अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा युनाईटेड मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकहरुलाई सेवा दिइरहेको बताउनुभयो ।

तालिमका सहभागिहरु पृथ बहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताउनुभयो । मंसिर १३ गतेदेखी ६० दिनसम्म चलेको तालिममा रोल्पा, दाङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, बर्दीया, रुकुमलगायतका जिल्लाबाट स्वास्थ्यकर्मी सहभागी थिए ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।