Search
आइत, चैत्र २, २०८१

माथागढीमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सम्पन्न, साैभाग्य मावि विजयी

पाल्पा – माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १९ पदक जितेर सौभाग्य माविले यस वर्षको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।
सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तै किसान मावि झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो बनेको हो । यस्तै ६ स्वर्ण ५ रजत र २ कास्यसहित दिव्यज्योति मावि तेस्रो बनेको शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयो ।
यस्तै सातपोखरी मावि र माउण्ट भ्याली माविले १०/१० पदक जितेका छन् । यस्तै ग्रामोदय माविले ९, कर्णाधार माविले ७, रत्न मावि, हात्तीलुङ् मावि, सिद्धार्थ मावि र महेन्द्र नरेश माविले ३/३ पदक जितेका छन् । यस्तै सनराइज पव्लिक माविले एक पदक पाएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो । रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, कपर्दी, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो ।
विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताका माध्यमबाट विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सकिने धारणा राख्नुभयाे । माथागढी गाउँपालिकाले वजेटको व्यवस्थापनबाट भएको प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको उहाँकाे भनाइ छ । खेलकुदका माध्यम्बाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने मन्त्री सारुले उल्लेख गर्नुभयाे । मन्त्री सारुले भन्नुभयो, संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ, उहाँले थप्नुभयो । मन्त्री सारूले प्रदेश सरकार मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताका साथ अघि बढेकाे बताउनुहुँदै उहाँले खेलका माध्यम्बाट स्वस्थ र  निरोगी रहन सहयोग पुगेको बताउनुभयो ।

यस पटक माथागढी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न वजेटको व्यवस्था गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने स्थानीय बासिन्दा, खेलकुद समितिका पदाधिकारी, रेफी, स्वयमसेवक सबैलाई उहाँले धन्यवाद दिनुभयो । कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता, दिव्य ज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।