Search
आइत, चैत्र २, २०८१

प्रम ओली पाल्पा आउँदै सिद्धबाबा ब्रेक थ्राे सहित प्रशासकीय भवन उद्घाटन गर्ने

पाल्पा – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आन पाल्पा आउँदै हुनुहुन्छ । उहाँ बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताउनुभयाे । प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेकाे छ  । यस्तै बगनासकाली र तिनाउ गाउँपालिकाकाे प्रशासकीय भवनकाे समेत उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

 

सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ। ब्रेक थ्रु गर्न एक मिटर राखिएको छ। रिमोटको सहायताले प्रधानमन्त्रीले बाँकी रहेको भाग ‘ब्लाष्ट’ गरेर ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयाे ।

 

२०७८ फागुनमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।पाँच वर्षमा निर्माण कार्य सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको थियो। कम्पनीले २०७९ सालको अन्तिमबाट सुरुङ खन्न शुरु गरेको थियो।

 

सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँ लागतमा  निर्माण भएको हो। सुरुङको सबै काम आगामी २०८३ चैत मसान्तसम्म सम्पन्न हुने अधिकारीले बताए। आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङमार्गका तीनवटै बाइपास सुरुङ ब्रेक थ्रु भइसकेका छन्।

 

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो सुरुङलाई अगाडि सारेको छ। यो  मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, कास्की, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत गर्न सहज हुने आशा गरिएको छ।

 

सुरुङ मार्ग ब्रेक थ्रु गर्नुअघि प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताउनुभयाे । पाल्पामा कार्यक्रम सकिएपछि उनले रूपन्देहीको बुटवलस्थित जितगढीमा बुटवल-गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम छ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।