Search
आइत, चैत्र २, २०८१

वडा-वडामा पुगेर विभिन्न सेवा प्रदान गर्दै माथागढी गाउँपालिका

पाल्पा – माथागढी गाउँपालिकाले आठ वटै वडामा घुम्ती शिविरबाट आफ्नो घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाका विभिन्न शाखाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आएको सेवा वडा–वडामा पुगेर प्रदान गरिएको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती शिविर वडा नं. १ को चिदीपानीमा सम्पन्न भइसकेको छ । शनिबार वडा नं. ३ सराईमा सेवा प्रदान गरिएको छ ।
शनिबार भएको घुम्ती शिशिवरको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नागरिकको सेवासुबिधालाई केन्द्रमा राखेर पालिकाले विभिन्न सेवा प्रदान गर्नु आफैँमा एउटा उदाहरणीय काम भएको बताउनुभयो । संघीयताको मूल मर्म भनेको दुर्गमका नागरिकले घरमै सेवा प्रदान गर्नु रहेको उल्लेख गर्नुहुँदै मन्त्री सारुले पालिकाले यस्तो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । घुम्ती शिविर दुर्गम, पिछडिएका, विपन्न नागरिकलाई सहज र सरल रुपमा सेवा लिन अत्यन्त उपयोगी बन्ने उहाँले विस्वास गर्नुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पालिकाको केन्द्रमा पुगेर सेवा लिन नसकेका नागरिकलाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले शिविरले पालिकाभित्रका आठ वटै वडाका नागरिकलाई विभिन्न सेवा प्रदान गर्ने जानकारी दिनुभयो । कार्यक्रममा पालिकाका अध्यक्ष चिदीले विपन्न तथा जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्नुभयाे ।

शिविर उद्घाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तेज घर्तीमगरले नागरिकको चाहना र माग अनुसार शिविर सञ्चालन गरिएको बताउनुभयो । घुम्ती शिविरले पालिकाको केन्द्र झडेवासम्म जान नसकेका नागरिकलाई सहज बनाएको उहाँले बताउनुभयो । कार्यक्रम पालिकाका अधिकृत नित्यानन्द खनालको सञ्चालन, पालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा भएको हो ।
शिविरमा ल्याब सहितको स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण, पाठेघरको मुखको क्यान्सर जाँच, विभिन्न रोगबाट पीडित नागरिकलाई स्वास्थ्य जाँचपछि आवश्यक परामर्श र निशुल्क औषधि वितरण, दान्त परीक्षण गरिएको थियो ।
यस्तै कृषि तथा पशुसेवा शाखाबाट माटोको परीक्षण, पशुपंक्षीलाई निशुल्क औषधि वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, गरिव परिचयपत्र वितरण, नक्सा पास विवरण सङ्कलन तथा प्रमाणीकरण सम्बन्धी काम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । माथागढीको वडा नं. १ मा पाँच सय र वडा नं. ३ मा भएको घुम्ती शिविरमा झण्डै छ सय नागरिकले विभिन्न सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
घुम्ती शिविरमार्फत पालिकाले दिएको सेवा लिएपछि यहाँका नागरिक पनि खुसी भएका छन् । पालिकाको कार्यालयमा पुगेर विभिन्न सेवा लिन नसकेका नागरिकलाई शिविरले सहज बनाएको वडा नं. ३ का स्थानीय बासिन्दा धनबहादुर रानाले बताउनुभयो । घुम्ती शिविरमार्फत आफूले जेष्ठ नागरिक परिचयपत्र पाएको, पशुपंक्षीमा लागेको रोग निदानका लागि आवश्यक परामर्श र औषधि निशुल्क पाएको उहाँले बताउनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।