Search
आइत, चैत्र २, २०८१

चिलाङ्दी-चापपानी-राम्दी सडककाे ओटासिल उप्कियो, काम अझैं सकिएन !

पाल्पा – कुनै योजना बन्न कति समय लाग्ला ? एक वर्ष, दुई वर्ष, तीन वर्ष वा पाँच वर्ष ? सामान्यतया धेरै मानिसले एक÷दुई वर्षभित्रै योजनाको काम सक्नुपर्ने अपेक्षा राख्छन् । तर पाल्पाको चिलाङ्दी–चापपानी–राम्दी सडक भने झण्डै एक दशकदेखि अलपत्र अवस्थामा रहेको छ ।
लामो समयदेखि सडक निर्माण सम्पन्न नहुँदा बनेको सडक पनि भत्केको छ । सडक बनेर यतिबेलासम्म उक्त खण्डको सडक चार/पाँच पटक मर्मतसुधार गर्नुपर्ने हो । तर ठेकेदार र सम्बन्धित निकायको चरम लापरबाहीले यो सडकमा हिड्ने यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकमा गरेको लापरबाहीले वर्षात्मा हिलो र हिउँदमा धुलाम्य भएर हिड्न बाध्य भएका छन् ।
वि.स. २०७३ सालदेखि यो सडक अलपत्र बनेको छ । सडकको अवस्था सुधार नहुँदा तानसेन र बगनासकालीका स्थानीय बासिन्दाको यात्रा कष्टकर बनेको छ । तत्कालिन जिल्ला विकास समितिले आठ किलोमिटर कच्ची सडकलाई ओटासिल गर्न आठ करोड ३१ लाख रुपियाँमा ठेक्का दिएको थियो । तर उक्त काम हालसम्म पनि सकिएको छैन ।
सडक पूर्वाधार कार्यालय पाल्पा र निर्माण व्यवसायीको लापरबाहीले आठ वर्षसम्ममा पनि काम पूरा भएको छैन । लामो समयसम्म काम नगरेर अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्न नसक्दा सडकको अवस्था एक दशकदेखि नाजुक बनेको स्थानीय बासिन्दाको भनाई छ । सडक पूर्वाधार कार्यालयको अलमलले सर्वसाधारण नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।
कार्यालयको अलमलले झण्डै एक दशकदेखि यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीयले सडक कार्यालय, पालिका र सरोकारवाला निकायलाई पटक पटक जानकारी गराएपनि ठोस निर्णय हुन सकेको छैन । ठेकेदारले बाहानाबाजी भएको छ । त्यसैले जनप्रतिनिधि र कार्यालय मौन रहेको स्थानीय बासिन्दाको भनाई छ ।
पूर्वाधार कार्यालयका प्रमुख बासुदेव भण्डारीले भने निर्माण व्यवसायीलाई काम गर्न ताकेता गरिरहेको बताउनुभयो । निर्माण व्यवसायीलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएपनि काम गर्छु भनेर निर्माण व्यवसायी सम्पर्कमा नआउने गरेको भण्डारी बताउनुहुन्छ ।
पाल्पाको उत्तरी भेगका स्थानीय बासिन्दाले तानसेन, बुटवल आउन जान र तानसेनबाट राम्दीहुँदै पोखरासम्म जानआउनका लागि यही सडकको प्रयोग गर्ने गरेका छन् । यो योजना नसकेका कारण अन्य योजनाबाट काम गर्न समेत अप्ठेरो छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।