तानसेन – तानसेनको टुंडिखेलमा व्यापार महोत्सव गर्नका लागि तानसेन नगरपालिकाले बाेलपत्र आह्वान गरेको छ । नगरपालिकाले न्युनतम रकम ६१ लाखदेखि माथि रकम बुझाउने गैर नाफामूलक समूह, संस्था तथा फर्मलाई टुंडिखेल मैदानमा व्यापार मेला/महाेत्सव गर्नका लागि बाेलपत्र आह्वान गरेकाे हाे ।
नगरपालिकाले ३० दिनको म्याद राखेर आइतबार निवेदन आह्वान गरेको छ । अघिल्लो वर्ष नगरपालिका आफैँ आयोजक बनेर व्यापार महोत्सव गरेको थियो ।
नगरपालिका आफैँले महोत्सव गरेको भन्दै पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ रूष्ट बनेका थिए । अघिल्लो वर्ष आफैँ आयोजक पनि बनेको र आफैँले पुन ठेक्का पनि दिएको भन्दै नगरपालिकाले झण्झट बेहोर्नु परेको थियो । यस वर्ष टुंडिखेल मैदान प्रयाेगवापतकाे रकम बुझाएर अन्य कुनै निकायलाई मेला/महाेत्सव गर्न दिने नगरपालिकाकाे याेजना छ ।
हेर्नुहोस् सूचना