पाल्पा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लाभर संगठन विस्तार अभियान संचालन गरेकाे छ । जिल्लाका विभन्न स्थानमा पुगेर उसले संगठन विस्तार अभियान चलाएकाे हाे । २०७९ सालकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनका बेला मत दिएका मतदातालाई संगठनमा जाेड्न संगठन विस्तार अभियान चलाएकाे जिल्ला उपसभापति सुमन गैरेले जानकारी दिनुभयाे ।
जिल्ला समितिले पूर्णता पाएपछि जिल्लाका दश वटै पालिकामा पालिका कमिटि र टाेल कमिटि बनाउने अभियान थालेकाे उहाँले जानकारी दिनुभयाे । यसैबिच शनिबार बगनासकाली गाउँसमितिको भेला सम्पन्न भएको छ ।
भेलाले युवा नेता रवीन्द्र घिमिरेको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको छ । उपसभापतिमा ध्रुवराज ढुंगाना, सचिवमा चिरञ्जीवी भट्टराई र कोषाध्यक्षमा बाबुराम पराजुली रहनुभएको छ ।
सदस्यहरूमा योगेन्द्र तिमल्सिना, थर्कराज गैरे (रमेश ) भुपाल परियार, प्रकाश हिताङ रहनुभएको छ । रिक्त महिला पधादिकारीहरूको पद र केही सदस्यहरू अब बस्ने दोश्रो बैठक पूर्णता दिने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेस समितिका कोषाध्यक्ष दुर्गी अर्यालले सरकारले आफ्नाे पार्टी सभापतिलाई राजनैतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाएकाे आराेप लगाउनुभयाे । उहाँले कांग्रेस र एमालेकाे सरकारले जनताकाे समस्या भन्दा पनि नयाँ दलका नेतालाई कसरी फसाउन सकिन्छ भन्ने मनसायले काम गरिरहेकाे बताउनुभयाे । भेलामा रास्वपा पाल्पाका सभापति विष्णु भण्डारी, उपसभापति सुमन गैरे, तानसेन नगर समितिका सभापति जीवन पाण्डे लगायतले पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र भावी योजनाबारे आआफ्नो धारणा राख्नुभएको थियो ।
रवीन्द्र घिमिरेको अध्यक्षता रास्वपा पाल्पा क्षेत्र नम्बर २ का सभापति गणेश बस्स्यालको संचालनमा कार्यक्रम चलेको थियो ।