Search
आइत, चैत्र २, २०८१

१२ वर्षमा सम्पन्न हुँदै तानसेनकाे चिस्यान केन्द्र (काेल्ड स्टाेर)

पाल्पा – तानसेनकाे बाघखाेरमा निर्माण भइरहेकाे चिस्यान केन्द्र (काेल्ड स्टाेर) बाह्र वर्षमा सम्पन्न हुने क्रममा रहेकाे छ । तानसेन नगरपालिका र भारतीय दुताबासको सहयोगमा निर्माण सुरु भएको चिस्यान केन्द्र १२ वर्षपछि सम्पन्न हुने क्रमममा रहेको हो ।
११ वर्षसम्म अलपत्र बनेको चिस्यान केन्द्र निर्माणको कामले गत वर्षदेखि गति लिएको हो । वि.स. २०६९ फागुन २३ गते निर्माणको ठेक्का पाएको हिम्दुङ् एण्ड ठोकर/जय रक्तकाली जेभीले ११ वर्षसम्म काम अलपत्र छाडेको थियो । गत वर्षदेखि भने चिस्यान केन्द्र निर्माणले गति लिएको तानसेन नगरपालिकाले जनाएको छ । निर्माण कम्पनीले पहिलो पटक २०७१ जेठ मसान्तमा काम सक्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौत भएको थियो ।
मुख्य ठेकेदारलाई कारबाही गर्ने चेतावनीपछि गत वर्षदेखि चिस्यान केन्द्र निर्माणको काम द्रुत गतिमा अगाडि बढेको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म ८० प्रतिशत काम भइसकेको छ । गत वर्षसम्म २७ प्रतिशत मात्र काम भएको थियो । निर्माण व्यवसायीले हालसम्म चिस्यान केन्द्रको मुख्य भवन काम सम्पन्न गर्ने चरणमा छ । यस्तै घेराबार, सुरक्षाका लागि बस्ने घर निर्माणको काम पनि भइरहेको छ ।
निर्माण व्यवसायीले चालु आव २०८१/०८२ असार मसान्तभित्र काम सक्ने नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र अब चिस्यान केन्द्रमा आवश्यक उपकरणको जडान र फर्निचर व्यवस्थापनको काम बाँकी रहेको उहाँले बताउनुभयो ।
लामो समय काम नगरेको भन्दै तानसेन नगरपालिकाले तीन वर्षअघि निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । तर गत वर्ष भारतीय दुताबासका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरेपछि कारबाही फुकुवा गर्नासाथ मुख्य निर्माण व्यवसायीले काम पुनः अगाडि बढाएको थियो ।
तानसेन–७, बाघखोर क्षेत्रको चार रोपनी क्षेत्रमा निर्माण भइरहेको चिस्यान केन्द दुई सय मेट्रिक टन क्षमताको रहेको छ । यो चिस्यान केन्द्र संचालन भएपछि किसानले उत्पादन गरेको कृषिजन्य बस्तुले उचित मुल्य पाउने तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले बताउनुभयाे । ठेकेदारलाइ पटक पटक ताकेता गरेपछि चिस्यान केन्द्र सम्पन्न हुने क्रममा रहेकाे उहाँले बताउनुभयाे ।
‘चिस्यान केन्द्र बनेको खण्डमा किसानले उत्पादन गरेको तरकारी, सुन्तला, आलु, फलफुल भण्डारण गरेर मुल्य पाएक बेला बिक्री गर्न सहज नगर प्रमुख श्रेष्ठकाे भनाइ छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।