Search
आइत, चैत्र २, २०८१

नियमित शारीरीक सम्पर्क :  डिप्रेसन गायब, यस्ता  छन् फाइदा !

यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ  वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । यहाँ केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।


शारीरिक सम्बन्धबाट नै निको हुने केहि रोग :

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

नियमित सेक्स गर्दा के के फाइदा हुन्छः
१. टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्यान्सरः

नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् । एजेन्सी

नियमित शारिरीक सम्पर्क :  डिप्रेसन गायब, यस्ता फाईदा

यौन मानव जीवनको एक महत्वपूर्ण पाटो हो । विशेष गरि दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यस्तै यौन कार्यमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ समेत हुने विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।
विभिन्न अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम हुन्छ । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ ।यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ र नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ ।

यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ ।

यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ ।

स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ ।

यसबाट ‘सेल्फ एस्टिम’ बढ्छ र ‘डिप्रेसन’ कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् ।
यस्तै वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन ।

-एजेन्सी 

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।