Search
आइत, चैत्र २, २०८१

पाल्पाको तिनाउ र बगनासकालीमा दुई जनाको मृत्यु

पाल्पा – जिल्लाकाे तिनाउ र बगनासकालीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर र अर्काे एक जना मृत अवस्थामा फेला परेका हुन्।
जिल्लाको तिनाउ गाउँपालिका–२, पाँचकुनाका ५५ वर्षीया रीमा सारुको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार आफ्नै घर पछाडिको खनियाँको रुपमा चढेर घाँस काट्ने क्रममा लडेर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ ।
यस्तै जिल्लाको बगनासकाली–२, पोखराथोक ठूलीचउरमा एक पुरूष मृत फेला परेका छन् । मृत भेटिएका पुरूष बर्दिया जिल्ला गेरुवा–२ का ३५ वर्षीय मायाराम थारु रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले इरानीमहललाई जानकारी दिनुभयाे ।
पोखराथोकमा कमल निर्माण सेवाको काम गर्दै आउनुभएका थारु बुधबार निर्माणस्थलमा मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।