Search
आइत, चैत्र २, २०८१

विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा – पचास जना विद्यार्थीहरूलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको तानसेन–१२ बौघापोखराथोकस्थित सार्वजनिक प्राथमिक विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानोबाट बच्न स्वीटर र टोपी वितरण गरिएको हो ।
तानसेनस्थित ज्ञानेन्द्र अटो वक्र्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडाले विद्यार्थीलाई चिसोबाट बच्न र पठनपाठनका लागि दैनिक विद्यालय आउन सहज हुने वक्र्सका व्यवस्थापक विवेककाजी शाक्यले बताउनुभयो । संस्थाको तर्फबाट विगतदेखि नै विपन्न, दृष्टिविहीन र असक्त विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको शाक्यले बताउनुभयो । न्यानाे कपडा वडाअध्यक्ष मेजरसिंह केसी, ज्ञानेन्द्र अटाे वक्र्सका संचालकहरू ज्ञानेन्द्र काजी शाक्य र विरेन्द्रकाजी शाक्यले हस्तान्तरण गर्नुभयाे ।
न्यानो कपडा वितरणले विपन्न समुदायका बालबालिकालाई चिसोबाट सहयोग पुगेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले बताउनुभयो । आर्थिक समस्याका कारण जाडोको जोखिम मोलेर विद्यालय आएका विद्यार्थीलाई न्यानो कपडा वितरणले विद्यालय आउन उत्साह मिलेको उहाँले बताउनुभयो ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।