Search
शनि, जेष्ठ ३१, २०८२

तानसेनकाे सांस्कृतिक डबली (खुल्ला नाचघर) कहिले सञ्चालन हाेला ?

पाल्पा – झण्डै सात करोड खर्च गरेर बनाएको तानसेन कैलाशनगरको खुल्ला नाचघर अहिले वेवारिसे जस्तै छ । करोडौँ खर्च गरेर तीन वर्षमा निर्माण गरेको नाचघर सञ्चालन गर्ने जिम्मा तानसेन नगरपालिकाले एक वर्षअघि लिएको हो । एक वर्षअघि २०८० मंसिर २५ गते तामझामका साथ सांस्कृतिक डबली (खुल्ला नाचघर) तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । लुम्विनी प्रदेशका त्यतिबेलामा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलगायतका नेताहरूले डबली चलाएर पर्यटक भित्र्याउने भाषण पनि गरे । तर हस्तान्तरण गरेको एक वर्षमा पनि डबली चलाउने सुरसार छैन ।
डबलीको संरक्षण, संचालन, व्यवस्थापनको सम्पूर्ण अधिकारसहित लुम्विनी प्रदेश सरकारले नगरपालिकालाई दिएपनि एक वर्षमा खास केही भएको छैन । नगरपालिकाले एक वर्षमा पनि डबली सञ्चालन गर्न नसकेको तानसेनका स्थानीय बासिन्दाको बुझाई छ । जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला संस्कृति डबलीभित्र प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेर यसको निर्माण गरिएको थियो ।
प्रदेश सरकारले निर्माण सम्पन्न भएको झण्डै दुई वर्षपछि मात्र तानसेन नगरपालिकालाई हस्तान्तरण गरेपनि नगरपालिका कसरी सञ्चालन गर्ने भन्नेमा अलमलमा देखिएको छ । डबली सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका बरिष्ठ अधिकृत भरतप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सांस्कृतिक डबली सञ्चालनको जिम्मेवारी नगरपालिकाले लिएपनि यसको दीर्घकालिन सञ्चालनमा भने समस्या रहेको जानकारहरू बताउँछन् । तानसेनमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई कसरी डबलीमा पु¥याउने सञ्चालन गर्ने भन्नेबारे अन्यौलता देखिएको छ । तानसेनमा पर्यटन पूर्वाधार कम हुँदा घुम्न आएका मानिसपनि बाँस बस्न गाह्रो छ । यस्तो अवस्थामा डबलीमा नाच, गीत तथा कला देखाएर पर्यटकको बसाइ लम्ब्याउन गाह्रो रहेको संस्कृतिविद् निर्मल श्रेष्ठ बताउनुहुन्छ । डबली सञ्चालनका लागि उपप्रमुख प्रतीक्षा सिंजालीको नेतृत्वमा समिति पनि बनेको थियो । तर त्यसले पनि प्रभावकारी काम गर्न सकेको छैन । स्थानीय बासिन्दा भने डबली सञ्चालन छिटो हुन सके पाल्पामा पर्यटकहरूको चहलपहल बढ्छ भन्नेमा ढुक्क छन् ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।