पाल्पा – प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना पाल्पाको आयोजनामा सुन्तला खेती प्रविधि सम्बन्धी तीन दिने तालिम तानसेनमा सम्पन्न भएको छ।
प्रमुख प्रशिक्षकहरू परियोजना कार्यान्वयन इकाई कृषि अधिकृत रामहरी गैरे , कृषि विज्ञ सागर कार्की, कृषि ज्ञान केन्द्र प्रमुख सन्तोष चौधरी , सुन्तला जात केन्द्रका प्राविधिक जोगेन्द्र काण्डु , अब्दुल सलामले तालिमको सहजीकरण गर्नुभएको थियो ।
विभिन्न सहकारी संस्थाका प्रतिनिधि १९ जना सदस्यहरू सहभागी रहेको तालिममा नर्सरी व्यवस्थापन , बिउ उत्पादन , रोगकिराको उपचार , काँटछाट , रासायनिक तथा प्राङ्गारिक मलको प्रयोग गर्ने तरिका , सिचाइ लगायतका बारेमा जानकारी गराइएको थियो।
सहभागी कृष्ण कुँवर ,दामोदर न्यौपानेले तालिमको प्रभावकारिता बताउदै सहकारीको माध्यमबाट आफूले तालिम सिक्न पाएको र आफूले सिकेको सिप सहकारीका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै सिकेको सिपले आर्थिक रुपान्तरणमा समाजलाई नै सहयोग पु-याउने र संस्थाका पदाधिकारीहरुलाइ क्रियाशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।