Search
आइत, चैत्र २, २०८१

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण

पाल्पा – पाल्पामा 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण शूरु । नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले आफ्नो फाइवर नेटवर्क पुगेका क्षेत्रमा X-GPON प्रविधिमा आधारित 1 Gbps र 500Mbps क्षमताका उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सकिने जनाएको छ ।

 

हाल यो सेवा तानसेन सदरमुकाममा रहेको नेपाली सेनाको ब्यारेकमा पहिलो ग्राहकको रुपमा जडान गरिएको दुरसञ्चार कार्यालाय पाल्पाका प्रमुख राकेश पाण्डेयले जानकारी दिनुभयो । यो सेवा बिशेषगरि उच्च गतिको इन्टरनेट सेवा आवश्यक पर्ने संघ संस्था, धेरै डाउनलोड र अपलोड गर्नुपर्ने कर्पोरेटहरुलाई उपलब्ध हुनेछ । यस प्याकेजमा 1-IPTV, Unlimted Voice र 1 Public-IP समेत उपलब्ध हुने दुरसञ्चार कार्यालाय पाल्पाका प्राविधिक प्रमुख इन्जिनियर रामु पाण्डेले बताउनुभयो ।

 

अहिले टेलिकमले यो सेवा अन्तर्गत 1 Gbps र 500Mbps क्षमताका दुई प्रिमियम प्याकेजहरु उपलब्ध गराएको छ । इन्डिभिजुअल ग्राहकका लागि कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउदै आएको छ । जसअन्तर्गत ग्राहकहरुले इन्टरनेट, टेलिभिजन र भ्वाइस सेवाको कम्बो प्याकेज तथा यीमध्ये कुनै आवश्यक एक वा दुइवटा मात्र सेवा पनि लिन सक्नेछन् । कम्पनीले निकै सस्तो दरमा 50Mbps देखी 200Mbps क्षमता सम्मको फाइवर इन्टरनेट सेवा दिइरहेको छ ।

 

 

इन्टरनेट मात्रको २ बर्षे प्याकेज पनि जडान गर्न सकिने छ । वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक सय मिटर सम्म Optical Fiber र 5G CPE निःशुल्क उपलब्ध गराइएको छ । साथै सबै बार्षिक ग्राहकहरुलाई मोवाइलमा दैनिक 600Mb देखि 1GB डेटा निःशुल्क उपलब्ध गराइएको कार्यालयका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।