Search
आइत, चैत्र २, २०८१

देउराली सामुदायिक बिकास सहकारीको वार्षिक साधारणसभा सम्पन्न

होम राई मगर पाल्पा-  श्री देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले,पाल्पाको १८ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।     संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य रहनुभएको थियो ।

 

कार्यक्रममा बोल्नुहुदै सांसद आचार्यले सहकारीले समूहमा काम गर्न र एक आपसमा सहकार्य गर्न सिकाएको बताउनुभयो ।उहाँले निस्दीको गौरवको योजना अन्तर्गत केम खाम्चा मार्ग भएको र उक्त योजना निर्धारित समयमै सम्पन्न गर्न आफ्नो जोड रहने बताउनु भयो । निस्दीमा भए गरेका बिकासका गतिविधिहरु आफुले नजिक बाट नियालेको र प्रत्यक्ष जनतासंग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका पूर्वखोला गाउँपालिकाका अध्यक्ष  नून बहादुर थापाले संस्थाले सन्चालन गरेका योजना तथा कार्यक्रमहरुको प्रशंसा गर्नु हुँदै पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका छिमेकी गाउँपालिका रहेकोले दुबै गाउँपालिकाहरु बिकास कार्यमा एकसाथ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष ओम बहादुर घर्ती मगरले स्थानीय जनताले उत्पादन गरेका कृषि सामाग्रीहरुको बिक्रि बितरणमा सहजीकरण गर्न सहकारी लाग्नु पर्ने बताउनुभयो ।

 

कार्यक्रममा सहकारी अभियान्त देबीलाल लामीछाने,वडा नम्बर-६,अर्चले वडा अध्यक्ष मेख बहादुर सुनारी लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सोमैले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनका साथै आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्य ७१५ जना र बचतकर्ता २९३ जना रहेको उक्त संस्थाका कोषाध्यक्ष सिर्जना खण्डलुले ४ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी व्यवस्थापक अर्जुन बयम्बुले आगामी वर्षका लागि प्रस्तावित योजना राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा गोरखनाथ माध्यमिक विद्यालयका शिक्षिक अनिल राना र अर्चले स्वास्थ्य चौकीका तिला राना खाम्चालाई सम्मान गरिएको थियो ।

 

त्यसैगरी उत्कृष्ट बचतकर्ता,उत्कृष्ट उद्देमी,असल ॠणी, १० जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी,कलम र झोला प्रदान गरिएको थियो ।      संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले गर्नुभएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।