Search
शनि, जेष्ठ ३१, २०८२

पाल्पामा लागु औषध सहित मानिस पक्राउ

पाल्पा- पाल्पामा लागु औषध सहित मानिस पक्राउ परेका छन् ।  १३ गते दिउँसो अन्दाजी १४:०० बजेको समयमा जिल्ला पाल्पा बगनासकाली गा.पा. ५ राम्दी स्थित कालिगण्डकी नदी किनारमा एक जना मानिस झोला बोकी शंकास्पद अवस्थामा हिडँडुल गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राम्दीबाट उल्लेखित स्थानमा प्रहरी टोली खटि जाँदा उक्त व्यक्ति पक्राउ परेकाे हाे ।

 

प्रहरीका अनुसार कालिगण्डकी नदी किनारमा Safari लेखेको निलो रङको पछाडी बोक्ने झोला भिरी पदैल हिडिरहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने बर्ष २८ को चोक बहादुर श्रेष्ठलाई  फेला पारी पारेकाे हाे ।

निजले पछाडी बोकेको झोला रितपूर्वक खानतलासी गर्दा उक्त झोला भित्र पत्रिकाले बेरी २(दुई) वटा पोको बनाई प्लाष्टिकको टेपले बेरी बाधी राखेको अवस्थामा NOOPHINE लेखेको ४६ एम्पुल, DAIZEPAM लेखेको ४६ एम्पुल, PHENERGAN लेखेको ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध फेला परेकोले निज चोक बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई लागु औषध सहित जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई सम्मानित पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।