Search
आइत, चैत्र २, २०८१

दाङमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले ८२१ जना कर्मचारी माग

दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ।
सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो।

 

मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ।
अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि अस्पतालले जनशक्ति माग गरेको हो।
अस्पतालले माघ १५ गतेभित्र आवेदन दिन भनेको छ। अस्पताल ३ अर्ब लगानीमा निर्माण भइरहेको अस्पतालका सिईओ दिपक रोक्काले जानकारी दिएका छन्।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।