Search
आइत, चैत्र २, २०८१

राम्दी पुल निर्माणले पायाे तीव्रता

पाल्पा – दुई जिल्ला पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दी पुल निर्माणले तीव्रता पाएको छ । तीन वर्षअघिदेखि सुरु भएको पुल निर्माणको काम आगामी २०८२ असार मसान्तभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिइएको हो ।
लुम्विनी र गण्डकी प्रदेश जोड्ने नयाँ पुल निर्माणलाई समयमै सक्ने निर्माण व्यवसायीको दावी छ । अढाई वर्षदेखि हिम सगरमाथा कन्ट्रक्सन कम्पनीले राम्दीमा पुल निर्माणको काम गरिरहेको छ । वि.स. २०७९ असार ३० गते २७ करोड ७१ लाख नौँ हजार रुपियाँमा पुल निर्माण गर्न सम्झौता भएको थियो । सोही सम्झौँता अनुसार अगामी २०८२ असार २९ गतेभित्र पुल निर्माणको काम सक्ने योजना रहेको निर्माण व्यवसायीका प्रतिनिधि सन्तोष गुरुङ्ले जानकारी दिनुभयो ।
वि.स. २०२८ सालमा सिद्धार्थ राजमार्ग बनेका बेला निर्माण भएको ट्रस पुल जीर्ण भएपछि पुरानो पुलको पूर्वतर्फ ‘आर्च थ्रु’ डिजाइनमा पुल निर्माण थालिएको हो । हालसम्म पुल निर्माणको ६० प्रतिशत काम सकिएको पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र कलौनीले जानकारी दिनुभयो । ‘पुल निर्माणको मुख्य काम भइरहेको छ उहाँले भन्नुभयो यही गतिले समय अगावै निर्माणको काम सकिन्छ ।’
हालसम्म पुल निर्माणको मुख्य काम जग निर्माण गर्ने र वाल निर्माणको काम सकिएको छ । फिटिङ्को काम पनि सकिएर वेल्डिङ्को काम भइरहेको छ । पुरानो पुल जीर्ण भएकाले नयाँ पुल छिट्टै सिध्याउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले हालसम्म १४ करोड रुपियाँ भुक्तानी पाइसकेको छ । नयाँ बनिरहेको मोटरेबल पुलका लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको रहेको आयोजनाले जनाएको छ ।
पुरानो ट्रस पुलभन्दा नयाँ बनिरहेको पुल १५ मिटर लामो हुनेछ । सुरुमा पुल निर्माणमा ढिलाइ भएपनि पछिल्लो एक वर्षयता निर्माणले गति लिएको स्थानीय बासिन्दा गुनबहादुर दर्लामीले बताउनुभयो । पुल बनेपछि कालीगण्डकी नदी सुरक्षित रुपमा वारपार गर्न सहज हुने उहाँले बताउनुभयो । ४० वर्षअघि बनेको ट्रस पुल जीर्ण हुँदा केही वर्षयता १५ टन क्षमताभन्दा बढी भार क्षमताका सवारीसाधन गुडाउन रोक लगाइएको छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।