पाल्पा – समाजवादी मोर्चा पाल्पाले जिल्ला व्यापी हस्ताक्षर अभियान संचालन गरेको छ। साेमवार पाल्पा तानसेन काे हुलाक चोकमा हस्ताक्षर पुस्तिकामा सहीछाँप गरी ऐक्यवद्धता प्रकट गर्न अभियान संचालन गरेको हो ।
देशै भरी संचालन गरेकाे अभियानमा समाजबादी मोर्चा संगठन ले ऐक्यबद्धता जनाएको पूर्व साम्सद यादवबहादुर रायमाझीले बताउनुभयो । पूर्व मन्त्री सोम प्रसाद पान्डेयका अनुसार,`इजरायलले गरेको अमानवीय नरसंहारमा हजारौं प्यालेस्टाइनीहरू र १० जना नेपाली नागरिकहरुले ज्यान गुमाउनु परेकाेले उक्त घटनाकाे निन्दा गर्न र उचित समाधानकाे प्रयासका लागि दवाद दिन हस्ताक्षर गरिएकाे हाे ।
उक्त घटनाबाट हजाराैँ बेपत्ता भएकाले पनि दबाव स्वरुप याे अभियान संचालन गरिएको उहाँले बताउनुभयो।´नेपालीहरु शान्ति प्रेमी भएकाले यो अभियानमा लाग्ने र यसले उचित दबाब सिर्जना हुने विश्वास उहाँले गर्नुभयाे । प्यालेस्टाइन नरसंहार विरुद्ध पाल्पाली जनसमुदायको समर्थन लिने उदेश्यले सोमबार पाल्पाजिल्लामा हस्ताक्षर अभियान संचालन गरिएको थियो ।
हस्ताक्षर अभियान दिनको ११ः०० बजेदेखि हुलाक चोक मा दिउँसो ४ः०० बजेसम्म संचालन भएको थियो । साे हस्ताक्षर अभियानमा मानवअधिकारकर्मी , समाजसेवी, पत्रकार , राजनीतिक दलका नेता कार्यकर्ता, उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा (माओदावी केन्द्र)का जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेय, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य साेमकुमार कार्की, नेकपाका नेता धिरज राना, जनमाेर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलगायतकाे सहभागिता रहेकाे थियाे ।