Search
आइत, चैत्र २, २०८१

पाल्पा – एचआइभी संक्रमणको जोखिम कम गर्न नेपाल परिवार नियोजन संघ पाल्पाले सुरु गरेको प्रेप सेवा लिनेहरु बढेका छन् । सेवा सुरु भएको दुई महिनामै नौ जनाले प्रत्यक्ष सेवा लिएको र सेवा लिनका लागि सम्पर्कमा आउनेको संख्या बढ्दो रहेको शाखा प्रबन्धक सोवा कान्त न्यौपानेले जानकारी दिनुभयो ।
एचआइभी संक्रमण रोकथामका लागि गरिने उपचार विधि सम्बन्धमा जिल्लाका सरोकारवाला निकाय बिच सचेतीकरण कार्यक्रममा एचआइभी संक्रमणको उच्च जोखिममा रहेका जोकोही व्यक्तिले पनि प्रेप सेवा लिन सक्ने उहाले बताउनुभयो । एचआइभी संक्रमणबाट बच्नका लागि प्रभावकारी र सरल उपचार विधि संघबाट निशुल्क उपलब्ध भएको जानकारी गराउर्दै एचआइभी संक्रमणको जोखिमपूर्ण व्यवहारमा रहेका व्यक्तिहरु सेवाका लागि सम्पर्कमा आउन आग्रह समेत गर्नुभयो । प्रेपको नियमित रूपमा सेवन गर्दा ९९ प्रतिशत संक्रमित हुने सम्भावना कम हुने विश्वास रहकेो छ ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले प्रेपका धेरै फाइदाहरू रहेको बताउनुभयो । पाल्पा अहिले पनि करिब तीन सय ५६ बढी एचआइभी संक्रमित रहेकोमा अधिकांशले औषधि सेवन गर्ने गरेको र ती संक्रमितको सम्पर्कमा रहेको व्यक्तिहरुलाई मात्र सेवा लिने वातावरण बनाउन सके सेवा प्रभावकारी देखिने बताउनुभयो
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले संघले जिल्लामा योन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने अवस्थामा उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सञ्चालित सेवा प्रवाह आफैमा चुनौतीपूर्ण रहेको बताएका थिए । प्रेप एक प्रकारको औषधि हो । यो दैनिक रुपमा एक गोली सेवन गर्नुपर्छ । प्रेप केवल एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिनुभयो ।
एचआईभी सक्रमण भई एआरटी सेवा लिइरहेका व्यक्तिहरूको यौन साथीलाई सबैभन्दा बढी फाइदा पुग्ने छ । यी बाहेक समलिंगी महिला तथा पुरुषले पनि फाइदा पाउनेछन् । यौनकर्मी महिला वा पुरुषलाई पनि प्रेप सेवा दिन सकिनेछ । समाजमा कतिपय सुईबाट नशालु पदार्थ लिनेहरू तथा यौन रोगीहरूलाई केन्द्रित गरेर एचआईभी संक्रमणबाट बचाउन यो सेवा सुरु भएको संघका शाखा प्रबन्धक न्यौपानेले बताउनुभयो ।
एचआईभी संक्रमण जोखिममुक्त बनाउन विदेशबाट आउने महिला तथा पुरुषलाई विभिन्न माध्यमबाट निगरानी राख्नेछ । त्यसका लागि मेडिकल अधिकृत साथै १० जना सामुदायिक स्वयंसेवक खटिएको परिवार नियोजन संघ पाल्पाले जनाएको छ । प्रेप उपचार सेवा रोग लाग्नुभन्दा अगाडि नै लक्षणको आधारमा गरिने उपचार विधि भएको परिवार नियोजन संघका वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताउनुभयो । प्रेप उपचार निःशुल्क हुनेछ । पूर्ण गोपनीयताका साथ गरिने भएकाले ढुक्कसंग सेवा लिन सकिने डा. बज्रचार्याले बताउनुभयो । यो उपचारका लागि २४ सै घण्टा सेवा दिइनेछ ।
प्रेम उपचार सुरु गर्नुपहिले र पछि गरिने सम्पूर्ण जा“चहरू निःशुल्क हुनेछ । प्रेप औषधि प्रयोगले प्राकृतिक रूपमा रहेको यौनशक्तिमा कुनै कमी नआउने मेडिकल अधिकृत बज्राचार्यकाे भनाइ छ  । एचआईभी संक्रमण जोखिममा रहेकाले प्रेप मुखबाट खाने औषधी भएकाले दैनिक रुपमा एक गोली सेवन गर्नुपर्ने हुन्छ ।
समुदायका सरोकारवालाका साथै विभिन्न संघसंस्थाका लागि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले यो सेवा सबैका लागि प्रभावकारी बनाउन प्रचार प्रसारको खाँचो रहेको बताउनुभयो । प्रेप औषधि सेवनगर्नु भन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ । नियमित रुपमा चिकित्सकसंग परामर्श लिनुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले बताउनुभयो । पाल्पा अस्पतालका मेडिकल अधिकृत डा. अरुण शर्मा, मिसन अस्पतालकी डाइरेक्टर डा. रचेल कारख, नेपाल पत्रकार महासंघका सचिव रामचन्द्र रायमाझीले यो सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने भएकाले उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षा गर्न सहयोगी हुने बताएका छन् । पाल्पामा तीन सय ५६ एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।