शिक्षा, स्वास्थ्य तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने दश जना व्यक्तिलाई सम्मान गरिएको छ । शिक्षा साहित्य प्रतिष्ठान पाल्पाले कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट दीर्घबहादुर चन्द ‘सुमन’ लाई सम्मान गरेको छ । यस्तै जगत बहादुर जोशी स्मृति पुरस्कारबाट गिरिराज डल्लाकोट, जगत–कुलमणि–कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट दुर्गा अधिकारी, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट दीपा गहतराजलाई सम्मान गरेको हो ।
प्रतिष्ठानले इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट अच्युतराज शर्मा, शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सन्तोष बस्याल, बालहरि स्वास्थ्य सेवा सम्मान सूर्यबहादुर कार्कीलाई सम्मान गरेको छ ।
यस्तै दीनानाना साहित्य सेवा सम्मानबाट रजिउल्ला मियाँ, राधावद्री स्मृति स्वयम्सेवा सम्मानबाट टोपप्रसाद श्रेष्ठ, तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट आरोही खनाललाई सम्मान गरेको जनाएको छ । सम्मानित व्यक्तिहरूलाई स्याङ्जास्थित पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र आयोजक संस्थाका अध्यक्ष पुष्कराज रेग्मीले सम्मानपत्र, दोसल्ला र नगद हस्तान्तरण गर्नुभयो ।
